आईसीसी यू-१९ विश्वकप एसिया छनोटः नेपालको लगातार दोस्रो जित

0
242

काठमाडौं। आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले हराएको हो ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन मात्र जोडेको छ ।

कुवेतका लागि क्रिस्टोफर सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए । किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन जोडेको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए ।

कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए । ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए ।

अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो । पहिलो खेलमा नेपालले हिजो  सिंगापुरलाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here