टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

0
110

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्यांक सार्वजनिक भएको छ ।

तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचा अनुसार पूणर् आर्थिक क्षतिको अनुमान गर्न कठिन भएपनि दुईदेखि यो क्षति चार अर्ब अमेरिकी डलर वा त्योभन्दा पनि बढी पनि पुग्न सक्ने जनाएको छ ।

यस क्षेत्रमा बीमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् सम्भवतः करिब एक अर्ब अमेरिकी डलर हुने बताइएको छ ।

टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here