मधेश प्रदेशः १५ सदस्सीय जम्बो मन्त्रीपरिषद् पनि भएन समावेशी

0
114

मुख्यमन्त्री नियुक्त भएको २८ दिन पछि मधेश प्रदेश सरकारले पूणर्ता पाएको छ । आज नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएसंगै मनत्रीपरिषद्ले पूणर्ता पाएको हो ।

मंगलबार नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीले शपथ लिएसंगै प्रदेशको मन्त्रीपरिषद् १५ सदसीय बनेको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रीमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो । माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् ।

जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रीमण्डल रहेको छ ।

पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले आफनो सरकार हुदाँ गैर मधेसी अर्थात पहडिया र दलित समुदायवाट एकजना पनि जम्बो मन्त्रिमण्डलमा समावेश गरेका छैनन् ।

कतियले भने मधेस सरकार संविधानको भावना बिपरित चलेको समेत आरोप लगाईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here