साफ यू-२० महिला च्याम्पियनसिपः भारतलाई ३-१ ले हराउँदै नेपाल फाइनलमा

0
190

काठमाडौं। नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपालले फाईनलमा स्थान बनाएको हो ।

नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतका लागि अपूणर् नार्जारीले गोल गरिन् ।

खेलको २० औं मिनेटमा अपूणर् नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । योसंगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here