रूसले युक्रेनमाथि गर्यो फेरि मिसाइल प्रहार, एकजनाको मृत्यु

0
162

रूसले युक्रेनमाथि फेरि मिसाइल प्रहार गरेको छ ।  मिसाइल प्रहारबाट युक्रेनको राजधानी किभमा एकजनाको मृत्यु भएको छ ।

हमलापछि किभको केही स्थानमा बिजुली अवरोध भएको छ। हालसम्म रूसले युक्रेनको राजधानी किभमा कयौं मिसाइल प्रहार गरिसकेको छ।

मिसाइल प्रहारबाट ओडेसाका काला सागर क्षेत्रमा रहेको महत्वपूणर् इन्फ्रास्ट्रक्चरमा ठूलो क्षति पुगेको छ। किभका मेयरले यस घटनाको पुष्टि गर्नुभएको छ ।

रूसको मिलाइल प्रहारपछि युक्रेनमा अलर्ट जारी गरिएको छ । देशभर हवाई सतर्कता जारी भएपछि राजधानीका मेट्रो स्टेसनमा ठूलो संख्यामा मानिसहरु शरण लिन पुगेका थिए।

रूसले अक्टुबरबाट युक्रेनको पावर ग्रीडमाथि हवाई हमला जारी राखेको छ। ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेपछि देशमा बिजुली आपूर्ति हुन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here