कुवेतको संसदमा विवाद

0
178


कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ । प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेश गरेका सरकारी स्थानीय समाचार समिति कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जनाएको छ । यद्यपि विवादबारे विस्तृत विवरण दिइएको छैन ।

गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here