युक्रेनलाई हतियार दिने देशलाई रुसले दियो कडा चेतावनी

0
113

काठमाडौं। युक्रेनमाथि रुसले फेरी आक्रमण तिव्र पारेपछि अमेरिकालगायत पश्चिमी मुलुकमा त्रास फैलिएको छ । एक साताअघि मात्र रुसले युक्रेनमाथि विजयी हुने भविष्यवाणी गरेको थियो ।

त्यसयता रुसी सेनाले युक्रेनमाथिको आक्रमण धेरै गुणा बढाएको छ । रुसी आक्रमणमा युक्रेनी सैनिक मारिएको बताइएको छ ।  

रुसी सेनाले फेरि एकपछि अर्को गर्दै युक्रेनका सहर कब्जा गर्न थालेको छ । त्यसकारण पश्चिमी देशहरूले युक्रेनलाई पराजयबाट जोगाउन पुनः शक्तिशाली हतियार दिन सहमत भएका छन् ।

तर यसपटक रुसले युक्रेनलाई सहयोग गर्ने देशलाई सीधा धम्की दिएको छ । युक्रेनलाई थप शक्तिशाली हतियार आपूर्ति गर्ने देशले विपत्ति निम्त्याइरहेको रुसले बताएको छ ।

रुसी संसदको तल्लो सदनका सभामुखले आईतबार युक्रेनलाई थप शक्तिशाली हतियार आपूर्ति गर्ने देशहरूले त्यसो गरेर आफ्नै विनाशको जोखिममा रहेको चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here