नेपाल टि-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

0
203

काठमाडौं। लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।

विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् । 

लुम्बिनीका विपुल शर्माले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । हरमीत सिंहले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो । 

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । 

नन्दन यादवले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राज नान्ननले ३ ओभरमा २४ रन २ विकेट लिए । हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here