पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

0
129

नयाँ दिल्ली। पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । जर्दारीले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा)ले आज देशव्यापी प्रदर्शन गरेको छ ।

आज महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू प्रमुख स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका थिए । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरेका थए।

उता मुम्बईका विभिन्न भागमा पनि भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरेका थिए । गत बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए।

भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले मोदीलाई गुजरातको कसाँई भएको अभिव्यक्ती दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here