कश्मीर सम्बन्धमा पाकिस्तानसंग योजना बनाइरहेको अभिव्याक्तिको भारतद्धारा निन्दा

0
124

काठमाडौं। इस्लामिक देशहरूको संगठन (ओआईसी) का महासचिव हिसान ब्राहिम ताहाले कश्मीरबारे दिएको विवादास्पद बयानप्रति भारतले प्रतिक्रिया दिएको छ।

भारतले यस भ्रमणको कडा शब्दमा निन्दा गर्दै भारतको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप सह्य नहुने बताएको छ । तीन दिने पीओके भ्रमणमा रहनुभएका ओआईसीका महासचिव ताहाले कश्मीर विवाद समाधानका लागि आईओसीले वार्ताका लागि रोडम्याप तयार गरिरहेको बताएका थिए।

ताहाले कश्मीर समस्या समाधानका लागि वार्ताको माध्यम खोज्नुपर्ने बताएका थिए । जसका लागि आफुहरु पाकिस्तान सरकार र अन्य देशहरूसँग मिलेर योजना बनाइरहेको बताएका थिए ।

ओआईसीको निन्दा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आज ताहाले जम्मू कश्मीरका बिषयमा गरेको टिप्पणीको कडा निन्दा गरेका हुन्। उनलेजम्मु कश्मीर भारतको अभिन्न र अविभाज्य अंग भएकाले अरु कुनै देशको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here