इन्डोनेसियामा विवाहपूर्वको यौनसम्बन्धलाई गैरकानूनी मान्ने नयाँ विद्येयक संसदबाट पारित

0
105

काठमाडौं। इन्डोनेसियाको संसदले आज विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ । यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन् ।

विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले सो विद्येयक स्वीकृत भएको घोषणा गरेका थिए।

नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका छन् ।

मंगलबार पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ ।

समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here