मेस्सी बार्सिलोनामै बस्ने, पारिश्रमिक ५० प्रतिशत कटौती

0
395

काठमाडौँ- अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् ।

मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको दाबी गरिएको छ । तर, मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here