अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

0
482

काठमाडौँ- ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरेका हुन् ।

जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here