युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?

0
385

काठमाडौँ-  युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘ए’ का इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरू हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । यस्तै दोस्रो खेलमा टर्कीलाई र दोस्रो स्वीट्जरल्याण्डलाई इटालीलेल समान ३-० गोलले पराजित गरेको थियो । वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोलले पराजित गरेको थियो ।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ । आज स्वीट्जरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । जित निकाल्दै स्वीट्जरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीट्जरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीट्जरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here