एरिक्सन अस्पतालबाट डिस्चार्ज

0
360

काठमाडौँ- युरोकप फुटबलमा खेल्दा खेल्दै अचेत भएर ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एरिक्सन शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ । एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसीडी) समेत जडान गरिएको छ  ।

युरोकप फुटबल अन्तर्गत गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान उनी हृदयघात भएर मैदानमा ढलेका थिए । सो खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here