बेस्रियाविरूद्ध मारियो ह्याट्रिक,  एटलान्टाको सिरि ‘ए’ को दोस्रो स्थानमा

0
412

काठमाडौं-  मारियो पसालिकको ह्याट्रिकमा एटलान्टाले शानदार जीत निकालेको छ ।

मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जीत निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमासमेत उक्लिएको छ ।एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससंगको दूरी ६ अंकमा झारेको छ ।

रेलिगेशनबाट बच्न संघर्षरत ब्रेसियामाथि लण्डन क्लब चेल्सीका पूर्व खेलाडी पसालिकले ह्याट्रिक पुरा गरे । दोस्रो मिनेटमै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पाहुना टोली ब्रेसियाका अर्नेस्टो टोरेग्रोसाले खेल बराबरीमा ल्याए ।

मार्टन डी रुनले २५ औं मिनेटमा पुन एटलान्टालाई २–१ को अग्रता दिलाए । त्यसपछि घरेलु टोलीले लगातार चार गोल गर्यो ।पसालिकले दुई तथा रुस्लान मालिनोवस्की र डुवन जपताले एक–एक गोल गरे । खेल सकिन ७ मिनेट बाँकी रहदाँ निकोलस स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएका थिए ।

लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ । उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसंग २ अंकको अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here