मिर्गौला प्रत्यारोपणको १० औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

0
762
उपचारपछि शिक्षण अस्पतालबाट बिदा हुँदै प्रम ओली । तस्वीरः रासस

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको १० औं दिनमा शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न ओली यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here