नेपाल क्रिकेट संघको प्रतिबन्ध फुकुवा

0
570

२७ असोज, काठमाडौं । झण्डै चार वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघको निलम्बन फुकुवा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) लाई शसर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले २०१६ देखि निलम्बनमा रहेको क्यानको फुकुवा प्रक्रियामा अगाडि बढाएको जनाएको छ । सरकारी हस्तक्षेप र आर्थिक अपारदर्शितालाई मुख्य कारण मान्दै आईसीसीले क्यानलाई निलबन गरेको थियो ।

तर, आईसीसीको रोडम्याप अनुसार क्यानको नयाँ विधान बनाएर जिल्ला प्रदेश हुँदै केन्द्रीय निर्वाचन सम्पन्न भएसँगै आईसीसीले निलम्बन फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको हो ।

असोज १० र १२ गते भएको क्यानको निर्वाचनबाट चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै निलम्बन फुकुवा प्रक्रिया अगाडि बढेको हो ।अब क्यानले निलम्बवन पूर्णरुपमा फुकुवा नभएसम्म आईसीसीको मार्ग निर्देश अनुसार अघि बढ्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here