३ साउन, एजेन्सी । कांग्रेस आइकी महासचिव प्रियंका गान्धीलाई भारत उत्तर प्रदशबाट प्रहरीले पक्राउ गरेको छ ।
उत्तर प्रदेशको सोनभद्रमा १० जनाको मृत्यु हुने गरी भएको जग्गासम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गान्धीलाई मिर्जापुरमा जान रोक लगाइएपछि सोही स्थानमा धर्ना बसेकी उनलाई हिरासतमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।