यस्तो छ भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको नेपाल भ्रभण तालीका

0
1237
Narendra Modi

काठमाण्डौ | नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को भ्रमण तालीका सोमबार नै सार्बजनीक गरेको छ । सार्बजनीक गरिएको जानकारिअनुसार मोदी जनकपुर अवतरण गर्ने बेलामै समकक्षी केपी ओली पनी पुग्ने कार्यक्रम बनेको छ ।
सोमबार मोदीको भ्रमण तालिका सार्वजनिक गर्दै दुवै प्रधानमन्त्री एकै समय जनकपुर उत्रिने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् ।
१) परराष्ट्रमन्त्री का अनुसार भारतीय प्रधानमन्त्री मोदीको रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन्
२) स्वागत पछि मोदी जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न जानेछन् ।
३) नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच जानकी मन्दिरमै भेटघाट हुने जनाईएको छ ।
४) जानकी मन्दिरमा नरेन्द्र मोदीले लगभग ३० मिनेट विशेष पूर्जाअर्चना गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
५) पूजा सकिएपछि दुबै देशका प्रधानमन्त्रीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारतीय पक्षले रामायण सर्किटको उद्घाटनपछि दुबै देशको प्रधानमन्त्रीको छोटो प्रेस बिफिङका लागि पनि कसरत गरिरहेको पनि बुझिएको छ ।
६) विशेष पूजापछि मोदी जनकपुरको रंगभूमि मैदानमा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सरिक हुने कार्यक्रम तय भएको जनाईएको छ ।
७) परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संञ्चारमाध्यमलाई दिएको जानकारिका अनुसार मोदीलाई जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत र अभिन्नदन गर्नेछन् ।
८) नागरिक अभिन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारिमा उल्लेख छ ।
९) त्यसपछि मोदी काठमाण्डौं जानु हुने कार्यक्रम रहेको छ ।
१०) भारतीय प्रधानमन्त्री मोदी काठमाडौं पुगेपछि दुबै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुने कार्यक्रम रहेको जनाईएको छ ।
११) वार्तापछि औपचारिक पत्रकार सम्मेलन हुने जनाईएको छ ।
१२) त्यहि बार्तामानै नेपालका प्रधानमन्त्री ओलीले चैतको अन्तिम साता गरेको भारत भ्रमणको क्रममा भएको सहमतिमा समेत हस्ताक्षर गरिने कार्यक्रम रहेको जनाईएको छ ।
१३) मोदी बैशाख २९ गते विहान काठमाडौंबाट मुक्तिनाथको भ्रमणमा निस्कने जनाईएको छ ।
१४) मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चनापछि मोदी फेरि काठमाडौं फर्कने छन् ।
१५) त्यसपछी राष्ट्रपति बिद्यादेवी भण्डारी र उप–राष्ट्रपति नन्दकिशोर पुन संग शिष्टाचार भेटघाट गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जनाएका छन् ।
यद्दपी भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट काठमाडौं पुगेपछि टुडिखेलमा गार्ड अफ अनर दिने र काठमाण्डौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रमबारे परराष्ट्रमन्त्री ज्ञवालीले केही दिएनन् । यसअघि, भ्रमणको तयारी र सुरक्षा बस्दोबस्तबारे बुझ्न जनकपुर आएका गृहमन्त्री रामवहादुर थापाले मोदीको काठमाण्डौंको टुडिखेलमा गार्ड अफ अनर दिइने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here