अमेरिकामा खर्च सम्बन्धि बिधेयक पारित, सरकारी कार्यालय खुले

0
806
फोटोः अलजजिरा

२७ माघ, काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च सम्बन्धी पारित नयाँ विधेयकमा हस्ताक्षर गरेपछि बन्द रहेका सरकारी कार्यालयहरु संचालनमा आएका छन् ।

खर्चसम्बन्धि बिधेयकलाई सिनेटले समयमै पारित नगर्दा अमेरिकामा यसै बर्ष दोस्रो पटक सरकारी कार्यालय बन्द भएका थिए । वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द भएका कार्यालय पुन: संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका छन्। ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा खर्चको सीमा बढाइएको छ । बुधबार सार्वजनिक गरिएको यो दस्तावेजका साना विवरणहरु अझै स्पष्ट भैसकेका छैनन्। सरकार संचालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केहि असहमतिहरुको सामना गर्नु परेको थियो । दुवै दलका सांसदहरुले खर्च योजना र अन्य राजनीतिक मागहरुका बारे बहस गरेका थिए। वित्तीय पुरातनवादीहरुले यो विधेयकको विरोध गरेका थिए, जसमा अर्बौं डलरको खर्चको सीमालाई बढाइएको छ । थुप्रै डेमोक्र्याटहरुले विधेयकमा बालकै छंदा अमेरिका प्रवेश गरेका आप्रवासीहरुको सुरक्षा गर्ने संलग्न नगरेको भनी आलोचना गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here