आमा अनि आयामको कथा

0
262

उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू भए | अलि कडा स्वभा

व भएको कारणले छोरावुहारीसंग मिल्न सकिनन् |

तीन पुस्ता लामो भुटानको बसाई त्यहाँको सरकारले धपाएपछि सकिएको थियो | आफ्नै बलवुतामा सृजिएको आफ्नो “प्यारो संसार” केही क्षण मै उजाडिएको थियो | आफ्नै देशले जवर्जस्ती आफ्नै घर र देशबाट निकाल्छन् भन्ने बूढीले सोचेकी थिइनन् | तर यस्तै भयो |

सन् १९९२ मा एउटा आफ्नै खुट्टोमा उभिएको भूटानी परिवार आफ्ना लालावाला सहित झापाको खोलाको किनारामा शरणार्थी हुनुपर्यो | सबै घर-नघाटका भए | एउटा सपना भत्कियो | बूढो भएको शरीरले हार मानेन |

मेलापात गरेर छोराछोरी छोरी हुर्काउनुमा उनले कहिल्यै पनि बोझ ठानिनन् | एकल महिलाका रूपमा उनले आफ्ना छोराछोरीलाई कहिले पनि एक्लोपन अनुभव गर्न दिइनन् | शरणर्थी शिविरका छिमेकिहरू भन्थे “आमा हुनु त एस्ति !!” उनले आमाको सबै सक्दो कर्तब्य पूरा गरेकी थिइन् |

समयले शरीरलाई बूढो बनाउँछ | समयले बालबालिकाहरूलाई “मान्छे” बनाउँछ | समयले अधिकार छोड्न र अगाल्न बाध्य बनाउँछ | शरीरसंग सधैं शक्ति रहन्न | समयले

शरीरलाई “हार्न, छोड्न र विश्राम” गर्न बाध्य बनाउँछ | केहीले एस्तो हारलाई बुझेर विश्राम लिन्छन्, केही प्रकृतिको नियमसित पौठेजोरी खेल्छन् | हार्न चाहदैनन् |

डा. गोविन्दशरण उपाध्याय

शरीरको बूढोपनले उनको मनलाई बूढो बनाउन सकेन | सधैं आफ्नै खटनपटनमा उभिएको उनको आत्मसम्मानले “छोराबुहारीको खटनपटन” स्वीकार्न सकेन | शरणर्थी शिविर मैं पनि उनी छोरावुहारीसित बस्नुको सट्टा अलग्गै वस्ने निर्णय गरिन् |

धेरैको लागि यिनको एस्तो व्यवहार अनौठो र मिल्न नसक्ने थियो | धेरैले कुरा पनि काटे | छोराबुहारीका लागि पनि एस्तो ब्यबहार अपमानजनक नै थियो | तर आत्मसम्मान तथा आत्मनिर्भरताको एक्लोबाटो छोरावुहारीसंग असहमत भएर, नमिलेर छुट्टिएको थिएन | आत्मनिर्भरताको स्वभावले एस्तो भएको थियो |

सन् २०१३ मा उनीहरू विभिन्न देशमा “रिसेटल” भए | त्यस बखत उनको उमेर ८० वर्ष नाघेको थियो | माइलो र कान्छो छोरासंग उनी अमेरिका पुगिन् | छोरावुहारीका लागि अमेरिका सपनाको संसार भए पनि आमाको लागि असहज बन्यो | उनले नेपाल र भुटानका धेरै स्मरणहरू गुमाउनु पर्यो | संगीसाथीहरू विछोडिए | आफ्नो भाषा तथा रितिरिवाजको खडेरी पर्यो | उनी झन् एक्लो भइन् | उनको आत्मविश्वास कम

जोर भयो |

८५ वर्षको उमेरमा पराइको संसार सहजमैं पच्न सक्दैन | आफुले नभोगेको संसार सजिलो हुँदैन | आफुले बोलेको र अरूले बोलेको नबुझिने संसार रमाइलो हुँदैन | कामैकाममा

जेलिएको संसारमा कोही कसैको साथी हुँदैन | आफ्नै घरमा बस्नेहरू समेत पराई हुन्छन् |

शरीर बूढो हुँदैजाँदा माया खोज्दछ | एकैछिन भए पनि “बोलेर” मनको बह बुझ्ने र सुन्ने मान्छे चाहिन्छ | एकातिर एक्लोपन बढ्दै जाँदा बूढोपनले निकै सताउँछ | हरेक पल मृत्युको डर र रोगको त्रासले सहचार्यता खोज्दछ | भागेर जाने ठाउँ पनि चिनेकै हुनुपर्छ नत्र जाने ठाउँ नै हुँदैन | उनले भनिन् “अमेरिका भूतहरू बस्ने शहर रहेछ | जहाँ छोराछोरी पनि आफ्ना नहुने रहेछन् |”

उनी अमेरिका पुगेको पनि पांच वर्ष वितिसके छ | दूई छोरा बुहारी अस्ट्रेलियामा सेटेल भए | जेठो छोरो र कान्छो छोरो अमेरिकामा | अमेरिका नै जानु पर्ने नेपालीको चलन अनुसार आमा जेठो वा कान्छोसंग नै बस्नु पर्ने भयो | उनी कहिले जेठो त कहिले कान्छोको घरको “पाहुना” बन्नु पर्यो |

आमाको स्वाभिमानमा ठूलै धक्का लाग्यो |

हरेक बूढाबूढीले अमेरिकी नियमअनुसार मासिक “बेनेफिट” प्राप्त गर्छन् | आमाले पनि त्यो बेनेफिट प्राप्त गर्छिन् | एस्तो बेनेफिट निकै आकर्षक हुन्छ | बूढाबूढी स्याहार्नेहरूले त्यसबाट फाइदा लिन्छन् | छोराबुहारीहरू आमा होइन, बेनेफिटको लागि आमाको स्याहार गर्थे | आमाले यो कुरा पनि बुझेकी थिइन् |

उमेर छंदाहरू आफ्नो काममा जान्छन् | सबैको आफ्नै संसार छ | बूढो शरीर त्यसमा पनि एक्लोपनको पीडाले निकै सताउँछ | अन्जान ठाउंमा एकशब्द मीठो

बोल्ने मानिसहरू पनि हुँदैनन् | एकदिन आँखाभरि आँशु भर्दै “आमा ! संचैं हुनहुन्छ ?” भन्ने सम्मको फुर्सद नहुने यो विरानो ठाउँमा म एक्लो भए | मन बुझाउने/विसाउने ठाउँ भएन |” मैले उहाँका गुनाशाहरू ध्यान दिएर सुने | उहाले धेरै कुरा बोल्नु भयो | म धेरै बोलिन तर अन्त्यमा, उहाँ निकै फ्रेस हुनुभयो | “बाबु ! भगवान्ले तिम्रो भलो गरुन् | म वूढीको कुरा सुन्यौं |”

मिति २३/८/२०१७ का दिन विहानै आमा मेरो डेरामा आउनु भयो | मैले उहालाई तातोतातो चिया पिलाएर स्वागत गरें | सोफामा बसालेर आफु उहाँको गोडा मुनि बसें | उहाले संगै सोफामा बस्न अनुरोध गरिन् तर मैले सद्भावना वस मानिन | उहाँको शरीर बूढो भए पनि मन बलियो थियो | यही कुरा मलाई मन पर्थ्यो |

उहाँले मलाई खुसुक्क भन्नुभयो ”

बाबु ! मेरा छोरावुहारी निकै मेहनत गर्छन् | यो विरानो ठाउँमा जीवनका लागि संघर्ष गर्नैपर्छ | उनीहरूका छोराछोरी छन् | मैले उनीहरूसंग धेरै नै माया चाहे | तिनीहरूप्रति मेरो कुनै गुनासो छैन | तर यो देशमा उनीहरूको भविष्य पनि मेरो जस्तै एक्लो छ | मलाई तिनको भविष्यप्रति चिन्ता छ |”

मैले सधैं एक्लो सङ्घर्ष गरेको छु | आज पनि मेरो त्यस्तै स्वभाव छ | मैले अव आएर आफ्नो स्वभाव परिवर्तन गर्न सक्दैनन् | मेरो कारणले उनीहरूले धेरै दुख पाएका छन् | मेरो स्वाभिमान उनीहरूका लागि चित्तदुखाई बनेको छ | म उनीहरूका लागि प्रिय छैन, यो मेरै कारण भएको हो | मेरो स्वभाव

उनीहरूमा पनि छ | जे-जस्तो भए पनि हामी भगवानले बनाएको नाता परिवर्तन गर्न सक्दैन | उनीहरू मेरा छोराछोरी हुन्, बुहारी हुन् | म उनीहरूकी आमा हुँ | यो सत्य वदल्न सकिन्न | यो नाता कसैले परिवर्तन गर्न सक्दैन |”

“म आफ्नो एक्लोपन मेटाउन पार्कमा जान्छु, त्यहाँ पनि म एक्लै हुन्छु | मान्छेहरू (युवायुवती) मेरो बूढोपनमा केन्द्रित हुन्छन् | टेलिभिजन हेर्छु तर भाषा बुझ्दिन | नातिनातिनासंग बोल्न चाहन्छु तर उनीहरू आफ्नै दौतरीमा मस्तछन् | उनीहरूसंग मसंग बोल्नु भन्दा कम्प्युटरसंग समय विताउन रमाईलो मान्छन् | उनीहरू बूढीसंग कुरा गर्न चाहन्नन् | त्यैपनि मेरो कुनै गुनासो छैन | कसैले मीठो बोल्दिए हुन्थ्योजस्तो लाग्छ |” तर चाहनाले मात्र केही हुँदो रहेनछ |

“भगवानले मलाई चारभाई छोरा, चारवैनी बुहारी दि

नुभएको छ | अमेरिकाजस्तो देशमा सबैले वास पाए | मलाई थाहा छ, मेरो बूढोपनले यो देश रुचाएन | मैले मेरो देश, नेपाल खोजिरहेको छ | म एक्लोपनले अत्तालिंछु | कहिलेकाहिं छोराबुहारीसंग रिस उठ्छ | म चिच्याउँछु, एक्लै रुन्छु तर उनीहरूप्रति मेरो कुनै गुनासो छैन | मेरो मनले उनीहरूलाई सधैं आशिर्वाद दिन्छ |”

“मसंग केही पैसा छ | मैले यो पैसा बुहारीलाई

दिन चाहन्छु | उसले मेरो धेरै किचकिच सहेको छ | उसको रीस पनि माया नै हो | अन्त्यमा आमाले भन्नुभयो “बाबु! मैले यो कुरा छोराबुहारीसंग भन्ने आँट गरिन | यो पैसा मेरा दूई-बुहारीमा बराबर विभाजित गर्न चाहन्छु | यहाँ सबै काम वकिलले गर्छन् रे | म मेरो सेखपछि बुहारीहरूलाई दिन चाहन्छु “|

बुद्धयौलीले कामिरहेको हातमा ब्यांकको चेक थियो र त्यसमा “छ हजार तीनसय वीस” डलर थियो | मैले सोचें “बाहिरबाट नरिवलझैं देखिने यी आमा भित्रबाट नरिवलकै गुदी झैं रहिछन् | मेरा आँखा अचानक रसाए | मैले उहाँका भाग्यमानी छोराबुहारीहरूलाई सम्झें र ती आमाको मायालु “आमा”प्रति नतमस्तक भएँ |

हरेकपल बुड्यौलीतिर लम्किरहेको आफ्नो र उनका छोराबुहारीको जीवनलाई सम्झें | अमेरिकाको निरस जीवनको अन्त्यले मेरो मन तर्सियो | ती छोराबुहारीका लागि त नेपालीमन र

माया भएकी यी नेपाली आमा नछान आमा छन् तर हामी कस्तो आमाबुवा वनौला ? हाम्रा छोराछोरीको नेपाली मन होला कि नहोला ? मेरो मन एकासी अत्तालियो | मैले आफ्नो र ती छोराबुहारीको भविष्य निरस बूढोअवस्था सोचें | र मैले आफैलाई भने “हे ईश्वर ! ती छोराबुहारीको लागि यी आमाको प्रत्यक्ष प्रेम कहिले नटुटोस् |”

आमाको कामिरहेका हातमा चेकका पानाहरू सल्वलाइरहेका थिए | म भनें किम्कर्तब्य बिमूढ़झैं भए “हेला गर्ने छोराबुहारी र माया गर्ने बूढीआमा”कै विषयमा सोचिरहेको थिए |

……………….

लेखक डा. गोविन्दशरण उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शन तथा मनोविज्ञानको अध्यापन गर्छन् |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here