आगलागीबाट दमकमा एक घरमा क्षति

0
522

पुष २६/
आगोलागीबाट आज विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि प्रसाद निरौलाको घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुदाँ घरका सम्पूर्ण सरसमान जलेर नष्ट भएको छ । क्षतिको विवरण आइनसकेको वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।
निरौलाको घरमा रहेको अन्नपात, गरगहना,लत्ताकपडा,नगदसहितका सम्पूर्ण समानहरु जलेको थियो भने घरसंगैको गोठमा रहेका बाख्रा पाठा,बाछो ,गाईलाई समेत क्षति पुगेको थियो ।
दुध पुरयाँउन घर बाहिर गएका बखत आगोलागी भएको पीडित निरौलाले वताउनुभयो । घरमा श्रीमति गरि दुई जनमात्र वस्दैआउनुभएको थियो । श्रीमतीसमेत बुधवार माइती तर्फ जानुभएको थियो ।
गाईबस्तुको खोले पकाउदाँ अचानक आगो निस्किएको हुन सक्ने स्थानीयको अनुमान छ । आगोलागीपछि दमकको वारुणयन्त्रलाई वोलाउदाँ समेत घटनाको एक घण्टा ढिलो गरेर आएको र समयमा नै नआउदाँ ठुलो क्षति भएको स्थानीय पवन निरौलाले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here