एट्लान्टामा भब्य रुपमा साहित्यिक कार्यक्रम सम्पन्न अमेरिका

0
1275

Post Report: Dec. 24 | Dharmendra Timsina, Atlanta, GA

अमेरिकाको जर्जिया राज्यस्थित एट्लान्टामा साहित्यिक कार्यक्रम ‘कृति लोकार्पण तथा साहित्य लेखन कार्यशाला’ भब्यताका साथ सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्दै आएका नेपाली भाषी साहित्य सर्जकहरुको ठूलो संख्याको उपस्थितिकाबीच सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रम डिसेम्बर २३ तारिखका दिन आयोजना गरिएको थियो । विश्व भुटानी साहित्य संगठनले आयोजना गरेको कार्यक्रम बिहान साढे ११ बजे सुरु भएर राति १० बजेसम्म चलेको थियो । कार्यक्रम तिन खण्डमा सञ्चालन भएको थियो । बिहान साढे ११ देखि दिउँसो ४ बजेसम्म पहिलो र दोस्रो गरि दुई खण्ड कार्यक्रम सम्पन्न भएको थियो भने तेस्रो खण्डमा भने सहित्यिक साझँ गरिएको थियो । पहिलो खण्डमा साहित्यकार द्वय शेरु उदासको ‘बन्द खाम’ र राजु सुब्बाको ‘स्मृतिका छालहरु’  दुई वटा कृति विमोचन गरिएको थियो । यी दुवै गजल संग्रह हुन् ।

विमोचनलगत्तै दुवै गजल संग्रहको समिक्षा समेत गरिएको थियो । ‘बन्द खाम’ को समीक्षा सबिन शर्मा धिमालले तथा ‘स्मृतिका छालहरु’ को समीक्षा पशुपति तिम्सिनाले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ रहनु भएको थियो ।

कार्यक्रममा साहित्य सर्जकहरु दीपा राई, विजय खालिङ, खेम रिजाल, गंगा लामिटारेलगायत उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सभाध्यक्ष जय बान्तवाले गर्नु भएको थियो । कार्यक्रममा बेलुका ‘साहित्यिक साँझ’ पनि भब्य रुपमा सम्पन्न भएको छ । साहित्यिक साँझमा विभिन्न स्रष्टाहरुले आआफ्ना सिर्जना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यिक लेखन कार्यशालामा हिमशिखर, डिल्लु चम्लगाई, पूर्ण नर्जाली जलन, राज बराल, निल अधिकारी, ममता मोक्तान, लक्की राशी, कर्ण गुरुङ, दिपेन ढुङ्गाना, आभास रिखाम, केशब प्रसाद न्यौपाने, उमेश आचार्य, सुशील रेग्मी, खेम रिजाल, डेन्जम साम्पाङ, रमेश दियाली, अविनाश भट्टराई एक्स्ट्रा, शेरु राई उदाश, राज बराल, चेतन बानिया, किरण मानके अनेसास, प्रकाश बन्दना, निर्मला राईलगायतका स्रस्टाहरुको उपस्थिति थियो । करिब ५० जना साहित्यिक स्रस्टाको भेला राति ९ ः ३० बजेसम्म चलेको थियो ।

कार्यक्रममा अबको साहित्य र साहित्य सिर्जनामा लागेका स्रष्टाहरुले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा छलफल भएको थियो । साथै कार्यक्रममा आउन लागेको नव बर्ष २०१९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । भुटानी समाजका साहित्यिक क्षेत्रमा लागेका स्रष्टाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण भएको सहभागी स्रष्टाहरुले प्रतिक्रिया दिएका छन् ।

साहित्यीक कार्यक्रममा सामाजसेवी हरि अधिकारी वंगाले, दिलीप दाहाल, साहित्य परिष्द भुटानका अध्यक्ष गँगाराम अभिकारी लामिटारेले एउटै साहित्यीक छाता संगठन निमार्ण हुनु पर्ने आवश्यक्त आंैलाउदै मन्तब्य राख्नु भयो ।

उक्त साहित्यीक कार्यक्रमको पहिलो खण्डलाई स्रष्टा पातलो अन्तरेले, दोस्रो खण्डको लेखन कार्यशालालाई जिविएलओका अध्यक्षा डेन्जम साम्पाङ्ग राईले सञ्चालन गर्नु भएको थियो । त्यसैगरी अन्त्यमा साहित्यीक साँझको रचना वाचन कार्यक्रमको सञ्चलन धर्मेन्द्र तिम्सिना क्षितिजले गर्नु भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here