सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा

0
1711

काठमाडौं /
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिनुभएको छ ।
आज काठमाडौंमा आयोजना भएको साक्षत्कार कार्यक्रममा बोल्दै महामन्त्री झाले सरकारलाई आफुहरुले दिएको समर्थन फिर्ता लिने काउन्ट डाउन सुरु भैसकेको बताउनु भयो । आफुहरुले छठ सकिएलगत्तै १० दिनको समय दिएको भन्दै नेता झाले अब ६ दिन मात्रै बाँकी रहेको बताउनु भयो ।
नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दसैँअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराउनुभयो । तर प्रधानमन्त्रीले दसैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि उक्त समय सम्म पर्खिको बताउनु भयो
सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिंगो मधेशका नागरिक आक्रोशित रहेको बेला आफूहरुले जोखिम मोलेर समर्थन दिएर हातेमालो गरेको झाले बताउनुभयो । सरकार बनेको ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि अहिलेसम्म इमानदार प्रयत्न नगरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here