घर परिवारले अस्वीकार गरेकै कारण काखको छोराको मृत्यु भएको दावी

0
1648

स्थानीय निकायलाई न्याय दिलाउँन पीडित महिलाको माग


३० असार २०७५/डिकेश लामा
दमक/ घरमा बुहारी जिम्मा दिन पुगेको टोली माथि अभद्र व्यवहार भए पछि न्याय माग्दै स्थानीय निकाय पुग्नु भएकी एक महिला थप समस्यामा पर्नु भएको छ ।
घर परिवारले वेवास्ता गरेकै कारण काखको छोरा गुमाउन बाध्य भएकी दमक वडा नं. ३ माइती घर भएकी लक्ष्मी थापालाई सासु ससुराले जिम्मा लिन नमाए पछि उनलाई थप समस्या भएको हो । लक्ष्मीले अभिभावक नभएकै कारण जन्म दर्ता नभएपछि गएको असार १० गते काखको ६ महिनाको छोरा गुमाउनु पर्यो । लक्ष्मीको समस्याको विषयमा चुलाचुली गाऊँपालिकाले समेत चासोका साथ हेर्न थालेको छ ।
माइती पक्षबाट जेनतेन ३ लाख ५० हजारसम्म खर्च गरेर उपचार गरे पनि छोराको परिचय खुल्ने कागजको अभावमा राज्यबाट पाउने सुविधा लक्ष्मीले पाउन नसकेको बताउनु भयो । २०६८ सालमा चुलाचुली गाऊँ पालिका वडा नं. १ का रेवती थापासँग विवाह बन्धनमा बाँधिनु भएकी लक्ष्मीलाई घरमा गाली तथा कुटपीट गरेको भन्दै १ बर्ष अघि माइत गएर बस्न थाल्नु भएको बताउनु भयो । यता लक्ष्मीको सासु बुद्धमाया थापाका अनुसार घरमा सासु ससुरालाई नटेर्ने र आफ्नो खुशी गर्ने भएकोले आफूहरुले वास्ता नगरेको बताउनु भयो । हाल छोरा विदेश भएको अवस्थामा जिल्ला अदालतमा पारपाचुके र अंश बण्डाको मुद्धा हालेको कारण नातीको जन्म दर्ता गर्न आफूहरुलाई असहज भएको थापाले बताउनु भयो ।
केही दिन अघि विदेश गएको छोरा नआएसम्म बुहारीलाई घरमै राख्ने चुलाचुली गाऊँ पालिकामा लिखित सहमति भए अनुसार चुलाचुली गाऊँ पालिकाकी उपाध्यक्ष न्यायिक समितिका प्रमुख निर्मला दाहाल, पेल्टिमारी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सहित सामाजिक अगुवाहरुको टोलीलाई अभद्र व्यवहार गरी बुहारीलाई भित्रन नदिएकोले आफूहरुले यस विषयलाई गम्भीर विषयको रुपमा लिएको उपाध्यक्ष दाहालले बताउनु भयो । दमक वडा नं. ३ का अध्यक्ष नविन बरालका अनुसार माथिल्लो निकायमा न्याय खोज्नुको सट्टा अधिकार प्राप्त जनप्रतिनिधीले स्थानीय निकायबाटै पीडित महिलालाई न्याय दिनु पर्ने बताउनु भयो । आफ्नो श्रीमान् विदेशमा रहेको भए पनि खर्च समेत नपठाएकै कारण छोरा गुमाउँन बाध्य भएकी लक्ष्मी थापाले आफूलाई उचित न्याय दिलाउँन सरोकारवाला सवैमा माग गर्नु भएको छ ।

See video report by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here