मधुमल्लामा ३ महिना अघि भएको विभत्स हत्याको आरोपमा एक पक्राउ

0
1244

महिलाको विभत्स हत्या गर्ने को हो?

पोष्ट समाचार मोरङ्ग/मोरङ्गको मिक्लाजुङ वडा नम्बर ७ की ४४ वर्षीया शान्ती राई तामाङको बलत्कार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
कुखुरा फारम र खेतीपाती गर्ने बस्नेतले छिमेकी महिला तामाङको बलत्कार पछि हत्या गरेको प्रहरीले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जिल्ला र इलाका प्रहरी उर्लाबारीको संयूक्त विशेष अनुसन्धान टोलीले तीन महिना लगाएर गरेको अनुसन्धानबाट बलत्कार गरी हत्या गरेको आरोपमा बस्नेतलाई पक्राउ गर्न सफल भएको बताए ।

उक्त हत्या घटनाको बारेमा यसअघि प्रदेश संसद र संघीय संसदमा पटक पटक आवाज उठिरहेकोले प्रहरीलाई हत्यारा पक्राउ गर्ने विषयले निक्कै तनाव दिएको थियो । मिक्लाजुङ–७ स्थित कमल बोहराको घरमा फागुन १९ गते राती साढे ११ बजेतिर झ्याक्रीको पूजा हेरेर घर फर्किने क्रममा तामाङ्लाई बस्नेतले बलत्कार गरेरपछि ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीले फागुन २० गते बिहान मिक्लाजुङ–७ स्थित ग्यांग्री खोलामा नाङ्गो शरीर र अनुहारमा ढुंगा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको अवस्थामा तामाङको शव फेला पारे पछि अनुसन्धान गर्दै आएको थियो । पूजा भएको घरदेखि ३/४ सय मिटर टाढा बेलगौडीमा तामाङ् एक्लै घर फर्किने क्रममा बस्नेतको भेट भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीले बताउनु भयो ।

चिन्ता हेर्न गएकी तामाङ् र बस्नेत दुवै जना रक्सी खाएर मातिएको अवस्थामा भेट भएको थियो,’ उनले भने, ‘तामाङ्सँग भेट भएपछि बस्नेतले खैनी र चुरोट खाँदै उनको घर सिसौलीसम्म पु¥याउन जाने क्रममा ग्यांग्री खोलामा घटना गरेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । बस्नेतले स्थानीय बिर्सना राईको होटलमा रक्सी खाएर फर्किरहेको र उनले दिनभरिमा फागुन १९ गते तीन ठाउँ रक्सी खाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीले बताउनु भयो । आरोपित बस्नेतलाई कर्तव्य ज्यान र बलत्कार मुद्दामा कारबाही अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here