सकियो दुई दिने भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनको सम्मेलन

0
1262
BAMA newly elected Executive Team

जेष्ठ १६, २०७५ जर्जिया
भूटानी नेपाली गीत सङ्गीतको थप विकास, व्यवस्थापन र प्रवर्द्धनको मूल उदेश्य बोकेर शनिवार १२ जेष्ठमा शुरु भएको भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनको पहिलो सम्मेलन, तीन वर्षे कार्यकालको निम्ति नयाँ कार्य समिति गठन गर्दै अमेरिकाको जर्जिया राज्यमा सम्पन्न भएको छ |

त्यहाँ स्थित हाम्रा संवाददाता आर.बि. खड्काका अनुसार, सम्पमेलनको पहिलो दिन प्रजातान्त्रीक प्रणाली अनुसार सम्पन्न निर्वाचनमा विकास थुलुंग अध्यक्षमा रहनेगरी निम्न व्यक्तित्वहरू नव कार्य समितिमा निर्वाचित भएका छन् :
१. उपाध्यक्ष: खेम रिजाल
२. सचिव: लमिन तामांग
३. उपसचिव: नरेश गौतम
४. कोषाध्यक्ष: टिका लामिछाने
४. बोर्डको निर्देशक: १. अम्बर तुम्बापो, २. डम्बर खापुंग
सदस्यताको हकमा भने गीत सङ्गीतमा केही योगदान पुर्याएका स्रष्टाले १५० डलर सदस्यता शुल्क तिरे पछि सदस्यता लिन सक्ने प्रावधान जारी गरिएको छ |
विशेष गरि बिधान सम्बन्धि छलफल, भविष्यको कार्ययोजना आदि विषयमाथि केन्द्रित रहेको सम्मेलनको पहिलो दिनमा हरेक वर्ष सङ्गीतिक कार्यक्रम गर्ने, गीत सङ्गीत सम्बन्धित् पुरस्कार वितरण कार्यक्रम, भूटानी गीत सङ्गीतको संरक्षण गर्ने जस्ता अत्यन्तै महत्वपूर्ण मानिएका कार्यलाई अगाडि बढाउने निर्णय भएको हाम्रा संवाददाता खड्काले बताए |
भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशन भनेको के हो ? केका लागि उक्त कार्यक्रम आयोजना भयो र यसको प्रभाव कस्तो देखियो भन्ने हाम्रो प्रश्नमा भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनका सक्रिय संस्थापक सदस्य अर्जुन रसाइलीले भने –“भूटानी गीत सङ्गीतको विकास र प्रवद्धन अरू कसैबाट नहुने निर्क्यौल भए पछि यसै वास्तविकतालाई सम्बोधन गर्न हामीले भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशनको स्थापन गरेका हौं | आजको घडीमा यस कार्यक्रमलाई नियाल्दा हामीलाई लाग्यो गीत सङ्गीतमा हामीले कुशलता हासिल गरिसकेका रहेछौं | हामीसंग संगीत वाद्ययंत्रहरू, सम्भावना बोकेका गायक, संगीतकार, गीतकार, कलाकारको कुनै कमी नरहेको आभास भयो | अबको दिनमा भूटि्नज अमेरिकन म्यूजिक एसोसिएशन मार्फत हामीले पक्का पनि केही गर्न सक्ने रहेछौं भन्ने इच्छा शक्ति जागेको छ |”
सम्मेलनको दोश्रो दिन भने नव निर्वाचित कार्य समितिद्वारा भूटानको पहिलो गायक प्रताब सुब्बालाई गरिएको सम्मान कार्यक्रम स्मरण योग्य रहयो | कलाकार स्व. अन्सु राई र गीतकार स्व. राकेश काफ्लेको स्मरणमा मौनधारण पश्चात गायक द्वय कृष्ण ढकाल र मनोज ढकालद्वारा स्व. राकेशको सम्मानमा राकेशकै शब्द रहेको गीत ‘छाडी गयौँ पहिला मोडी…’ प्रस्तुत गरेका थिए |
नयाँ पुस्ताका गायक तथा कलाकारहरू रोहन सुब्बा, किरण गजमेर, सरन गुरुङ, रमेश कडेल, प्रविन दियाली -हरूले बेजोड सङ्गीतिक प्रस्तुति पस्केका थिए | नारी प्रतिनिधिको रुपमा अन्जु तामांग, कान्छी माया सुब्बा मगर लगायतका नारी हस्ताक्षरहरूको पनि सुन्दर प्रस्तुति रहेको थियो |
आज भन्दा एक वर्ष अघि २०७४ आषाढ ३मा बि.ए.एम.ए.को अमरिकाको ओहायो राज्य अन्तर्गत सिन्सिन्याटीमा स्ताथापना भएको हो |
Newly elected BAMA president Mr. Bikash Thulung

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here