अर्नाखाडी ग्रामथानको सय बर्ष पुरा धिमाल  जातिले मनाए विशेष जाग्री कार्याक्रम 

जातिले मनाए विशेष जाग्री कार्याक्रम धिमाल  

0
1515

धिमाल जातिले मनाए विशेष जाग्री कार्याक्रम   
१० जेष्ठ, २०७५
दमक/झापाको दमक वडा नं. ४ मा पर्ने अर्नाखाडी ग्राम थानमा आज धिमाल जातिले विशेष जाग्री कार्यक्रम संचालन गरेका छन् । १ सय बर्ष अघि देखि पूजाआज सहित बार्षिक रुपमा जाग्री मेला कार्यक्रम गर्दै आएकोले यस बर्ष सय बर्षको अवसरमा विशेष कार्यक्रम गरिएको स्थानीय धिमाल जातिका हनुवा लालबहादुर धिमालले बताउनु भयो ।

विक्रम सम्वत् १९७० मा तिलपाने धिमालले सो क्षेत्रमा बस्ती बसाएको उनका कान्छा छोरा लालबहादुर धिमालले बताउनु भयो । बस्ती बसाएको २ बर्ष पछि आफ्नो दाजु चेउ धिमालको मृत्यु भएकोले के बस्ती नछोड्ने विकल्पको खोजी गर्दा सो क्षेत्रमा ग्राम थान निर्माण गरि संचालन शुरु गरिएको धिमाल जातिका अगुवाहरुले बताएका छन् ।

वि.सं. १९७५ देखि बार्षिकरुपमा जाग्री कार्यक्रम गर्दै आएको यस बर्ष १ सय बर्ष पुरा भएको छ ।
कार्यक्रममा आज जग्गादाता तेलपानीका आफन्त फुलमाया धिमाललाई अभिनन्दन समेत गरिएको छ । ग्रामथान संचालनका लागि हाल सो क्षेत्रमा १८ कठ्ठा जग्गा रहेको छ । अर्नाखाडी गाऊँका अध्यक्ष कार्यक्रमका सभापति पुजन धिमालका अनुसार धिमाल जातिको साँस्कृतिक पक्षको संरक्षण र विकासका लागि जाग्रीलाई विशेष महत्व दिएको बताउनु भयो ।
कार्यक्रमकी प्रमुख अतिथि झापा क्षेत्र नम्बर ५ की समानुपातिक सांसद महेन्द्रकुमारी लिम्बुले जातजातिको साँस्कृतिक संरक्षण र विकासमा राज्यले उचित व्यवस्था गर्नु पर्ने बताउनु भयो ।
ग्रामथान क्षेत्रमा आज विशेष गरी धिमाल जातिले प्रयोग गरिने बस्तु, खानपिन, खेल लगायतका सामाग्री  राखी १ दिने मेला समेत संचालन गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here