त्रिभूवन आर्मीलार्ई ४ गोलको विरुद्ध ५ गोल गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा प्रवेश

निर्धारित समयमा १/१ गोल भए पछि ट्राइव्रेकरबाट खेलको निर्णय

0
1137

निर्धारित समयमा १/१ गोल भए पछि ट्राइव्रेकरबाट खेलको निर्णय
बैशाख २६ गते/डिकेश लामा
दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे खेलको अन्तिम सेमी फाइनलको खेलमा त्रिभूवन आर्मीलाई ४ गोलको विरुद्ध ५ गोलले हराउँदै मनाङ मस्र्याङ्दी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित खेल समयमा दुवै टीमबाट १/१ गोल भए पछि खेल ट्राइव्रेकरमा प्रवेश गरेको थियो । खेल भएको २९ मिनेटमा त्रिभूवन आर्मीको तर्फबाट जर्सी नम्बर ८ का टंक बस्नेतले पहिलो गोल गरेका थिए । हाफ अघि १ गोलको अन्तरमा अगाडि बढेको आर्मीलाई मध्यान्तर पछि १ मिनेट पनि वित्न नपाउँदै मनाङका जर्सी नम्बर ६ का दिपक राईले गोल गरे । निर्धारित समयमा अति प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा कुनै पनि टिमबाट निर्णायक गोल हुन नसके पछि खेल ट्राईव्रेकरमा पुगेको थियो ।
ट्राइव्रेकरमा मनाङका जर्सी नम्बर ७ का खेलाडी हेमन गुरुङ्गले प्रहार गरेको बल निर्णायक बन्दै ४ को विरुद्ध ५ गोल गर्दै मनाङ फाइनलमा प्रवेश गरेको छ । खेलमा मनाङका गोल किपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषि भएका छन् । श्रेष्ठलाई आयोजक दमक नगरपालिकालेनगद रु ११ हजार प्रदान गरेको छ । 

पर्सी बैशाख २८ गते हुने फाइनल खेलमा ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार र सर्वोकृष्ट खेलाडीलाई टिभीएस कम्पनिको मोटर साइकल प्रदान गरिने आयोजक समितिका संयोजक भिमराज चम्लागाँईले बताउनु भयो । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छन् । पर्सी शुक्रबार मनाङ मस्र्याङ्दी र नेपाल पुलिसबीच फाइनल खेल हुने प्रचार प्रसार समितिका संयोजक चन्द्र खत्रीले बताउनु भयो । 

See Special Highlights

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here