हत्यारालाई पक्राउ गर्न माग

ढेड महिना अघि भएको एक महिलाको हत्यारा अझै पत्ता लागेन 

0
1090

ढेड महिना अघि भएको एक महिलाको हत्यारा अझै पत्ता लागेन 

५ बैशाख, २०७५ 
दमक/हत्या गरेको ढेड महिना वितिसक्दा समेत हत्याराको पत्ता नलागेको प्रति पीडित पक्षहरुहरुले आपत्ती जनाएका छन् । गएको फाल्गुन महिनाको १९ गते मोरङ्ग जिल्ला मिक्लाजुङ्ग गाऊँपालिका वडा नं. ७ की ४४ बर्षीय शान्तिकुमारी तामाङ राईको हत्या प्रति आज दमकमा पत्रकार सम्मेलन गर्दै पीडित पक्षले आपती जनाएका हुन् ।

मृतक तामाङको माइती पक्षले पत्रकार सम्मेलन गर्दै तत्काल घटनाबारे सार्वजनिक गर्न प्रहरी प्रशासनलाई माग समेत गरेका छन् । मधुमल्ला क्षेत्रमा पहिलो पटक भएको यस्तो निर्मम हत्याका अपराधी सार्वजनिक नभएको कारण समाजमा अहिलेसम्म त्रास फैलिएका समेत सम्मेलनमा मृतकका दाजु भविराज राईले बताउनु भयो । सम्मेलनमा मृतककी भदैनी रेनुका राईले अपराधी पक्राउ नगरे आफूहरु आन्दोलनमा समेत जाने बताउनु भयो ।
हत्याका विषयमा अहिलेसम्म धेरै व्यक्तिहरु पक्राउ गर्दै छाडेकोले पीडित पक्षहरु कम्जोर भएकै कारण हत्याको घटना लुकाउँन खोजिएको हो की भन्ने पीडित पक्षले आशंका समेत गरेका छन् । काठमाण्डौंबाट पक्राउ मधुमल्ला क्षेत्रका केही व्यक्तिहरुलाई समेत पक्राउ गरी छाडिएको पीडित पक्षले जानकारी दिएका छन् ।

मृतकका छिमेकी सो क्षेत्रका सामाजिक अगुवा नगेन्द्रकुमार लामिछाने मगरले जसरी भए पछि हत्यारालाई कठ्घरामा उभ्याउन माग गर्नु भयो । यस्तै पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका अन्य आफन्त तथा छिमेकी चन्द्र राई, याम मगर लगायतले कुनै पनि हालतमा अपराधीलाई प्रहरीले चाँडो पक्राउ गरी सार्वजनिक गर्नु पर्ने बताउनु भयो । ४६ दिन अघि मधुमल्ला बजार उत्तर पर्ने मिक्लाजुङ्ग गाऊँ पालिका वडा नं. ७ उत्तर राम्री खोला नजिक शान्तिकुमारी तामाङलाई अनुहारमा ढुङ्गाले कुच्याएर र्निवस्त्र फालिएको अवस्था फेला पारिएको थियो । तामाङको बलत्कार पछि हत्या गरिएको आशंका गरिएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here