विधार्थी र प्रहरीबीच दमकमा झडप

0
1113

चैत्र ३० गते/डिकेश लामा
दमक/विधार्थीले गरेको चक्काजाम खुलाउनेक्रममा आज दमकमा विधार्थी र प्रहरीबीच सामान्यरुपमा झडप भएको छ । झडपबाट केही विधार्थीहरु समेत सामान्य घाईते भएकोे विधार्थी अखिल क्रान्तिकारी इकाई दमक क्याम्पसका अध्यक्ष कविन्द्र पौडेलले बताउनु भयो । विधार्थीलाई गाडीमा चढ्दा अपमान तथा गाली गलौज गरेको भन्दै विधार्थीहरुले आज दमक क्षेत्रमा गरेको चक्का जामलाई प्रहरीले खुल्ला गर्नेक्रममा विधार्थी र प्रहरीबीच झडप भएको हो । केही दिन अघि छात्रा विधार्थीहरुलाई अपमान भएको विषयमा इलाका प्रहरी कार्यालय दमकमा दिएको उजुरी विषयमा आज इलाका प्रहरी कार्यालय दमकमा यातायत व्यवसायी र विधार्थीबीच भएको छलफलमा उचित निष्कर्ष ननिस्किए पछि विधार्थीहरुले नाराबाजी गर्दै यातायत चल्न बन्द गरेका थिए । विधार्थीको अधिकार ग्यारेन्टी गर, विधार्थीलाई अपमान गर्न बन्द गर जस्ता नाराबाजी गर्दै दमकको गणतन्त्र चौकबाट निस्केको जुलुसले करिव १ बजे देखि दमकमा चक्का जाम गरेको थियो । 

४ दिन अघि दुधेबाट दमक क्याम्पस आउने क्रममा बाटोमा गाडी रोकेर ओरालेको प्रति प्रहरी प्रशासन तथा यातायतका सरोकारवाला निकायमा उजुरी गर्दा पनि यातायत व्यवसायीले विधार्थी माझ समझदारी पूर्ण व्यवहार गर्ने अवस्था नआएकोले विधार्थीहरु आन्दोलित भएको विधार्थीहरुले बताएका छन् ।
प्रहरी प्रसाशनसँग एक तर्फी बाटो खुल्ला गरी वार्तामा बस्ने भनी बोलाएर लगे पछि गाडी खुला गरे पछि विधार्थी र प्रहरीबीच हात हालाहालको अवस्था सृजना भएको विधार्थी नेता रोशन भण्डारीले बताउनु भयो । स्वतन्त्र विधार्थी युनियन दमक क्याम्पसका सचीव समेत रहेका भण्डारीका अनुसार विधार्थीको प्रहरीले जर्वजस्ती लठ्ठी चार्ज गरेको र केही विधार्थीको हातको तथा शरीरमा चोट पटक समेत लागेको बताइएको छ । यता इलाका प्रहरी कार्यालय दमकका अनुसार विधार्थीले प्रहार गरेको ढुङगा लागेर केही प्रहरी जवानहरुलाई चोटपटक समेत लागेको बताइएको छ ।
आज अपरान्ह ४ बजे पछि दमकमा भएको चक्काजाम खुलेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here