दमकको हंसेदुम्से सामुदायिक बनको निर्वाचन प्रकृया शुरु:अध्यक्षमा पुन दाहाल

अध्यक्ष पदमा पुन दाहाल निर्विरोध चयन

0
1263

अध्यक्ष पदमा पुन दाहाल निर्विरोध चयन

दमक/दमकको एकमात्र सामुदायिक बन हंसे दुम्से बनको लामो विवाद पछि वल्ल आज देखि निर्वाचन प्रकृया शुरु भएको छ । आज भएको मनोनयन दर्ता र उम्मेद्वारी दावी विरोध तथा फिर्ता प्रकृयासँगै हिमालय प्रसाद दाहाल पुन अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ ।
उम्मेद्वार दर्ता प्रकृयामा अध्यक्ष पदका लागि हिमालय प्रसाद दाहाल, श्याम आचार्य, गंगाप्रसाद दुलालको उम्मेद्वारी परेको भए पनि दुई उम्मेद्वार फिर्ता लिए पछि दाहाल निर्विरोधरुपमा अध्यक्ष पदमा चयन हुनु भएको हो । यस्तै अन्य धेरै पदमा निर्विरोधरुपमा उम्मेद्वारी चयन हुनु भएको छ । भोलि हुने निर्वाचनमा उपाध्यक्ष पदमा नैनबहादुर भण्डारी र पदमबहादुर लिम्बुबीच प्रतिस्पर्धा हुने भएको छ । सचीव पदमा लता चापागाईंले उम्मेद्वारी फिर्ता लिए पनि डिल्लिमाया पाठक र शुष्मा अधिकारीबीच चुनाव हुने भएको छ । सहसचीव पदमा विष्णु बहादुर धिमालले उम्मेद्वारी फिर्ता लिए पछि सोमनाथ ढुङगाना चयन हुनु भएको छ । कोषाध्यक्ष पदमा चन्द्र गुरागाई र नन्दिकेश

र दंगालले उम्मेद्वारी फिर्ता लिए पछि नारायण बराल निर्विरोधरुपमा चयन हुन भएको छ ।
यता १६ जना सदस्यहरुको पदमा भने व्लक नम्बर ३ मा २ जना महिला पदमा ३ जनाको उम्मेद्वारी रहेको छ भने व्लक नम्बर ४ मा १ जना महिला पदमा २ जनाको उम्मेद्वारी रहेको निर्वाचन समितिका संयोजक रघुनाथ भट्टराईले जानकारी दिनु भएको छ । 

गएको फाल्गुन १६ गते भनिएको बनको निर्वाचन ११ गते नै अनिश्चित कालका पछि पुन आज देखि आवश्यक प्रकृया शुरु गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here