बेलडाँगीमा किराँतीहरुले शुरु गरे २१ दिने विश्व शान्ति पूजा

देश विदेशका ठूलो संख्यामा भक्तजनहरुको सहभागिता हुने

0
1744

देश विदेशका ठूलो संख्यामा भक्तजनहरुको सहभागिता हुने


चैत्र २७/डिकेश लामा
दमक/ झापाको दमकमा रहेको किरात माक्पोलुङ माङहिममा विश्व शान्तिको कामना गर्दै किराती समूदायले आज देखि २१ दिने पूजा शुरु गरेका छन् ।
किराँती समूदायले मान्दै आएका जिवित गुरु आत्मनन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा सावाँको नामबाट पूजा शुरु गरिएको हो । भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा रहेको माङ्हिममा नेपालको १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको शालिक, मन्दिर परिसर र नजिकैको रतुवा खोलामा पूजाआजा गरी आज देखि विधिवत पूजा शुरु गरिएको माङहिम संचालन समितिका सचीव डिबी राईले बताउनु भयो । किराँती भक्तजन र पूजारीको समूहले आफूहरुले जान अन्जान गरेका नराम्रा कार्यहरुको पाप क्षमाका लागि रतुवा खोलामा मन्त्रोच्चारण सहित गाली सराव बहन्ती पूजा गरेको बताइएको छ । क्षमा याचनाका लागि किरातीहरुले नाऊँ बनाएर बत्ती बालेर, फुल अक्षता बगाउने कार्य भएको पूजा समितिले जानकारी दिएको छ । बेलडाँगी १ मा भूटानी शरणार्थीको अगुवाईमा निर्माण गरिएको माक्पोलुङ्ग माङहिमको आयोजनामा भएको सेवा कार्यक्रममा भूटानी शरणार्थी र स्थानीय बासिन्दाको सहभागितामा विश्वका प्राणी जगत को शान्तिको कामनामा पूजा प्रारम्भ गरिएको पूजारी समितिका सदस्य पदम चोङ्बाङ्ग लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार पूजा अवधिभर कुनै पनि समय गुरु तथा गुरुमाको उपस्थितिमा भक्तजनहरुबीच आर्शिबचन र दर्शन भेट समेत गराउने कार्यक्रम तय भएको बताउनु भयो । 

२१ दिनसम्म हुने पूजामा किराती पूर्खा र राजाहरुले खेल्ने खेल धनुषकाँड, छेलो लगायत किराँती साँस्कृतिक कार्यक्रम समेत हुने आयोजक माङहिम समितिका अध्यक्ष कृष्ण लिङ्देनले बताउनु भयो । पूजामा भारत, भूटान र नेपालका विभिन्न स्थानका किराती भक्तजनहरुको उपस्थिति रहने माङ्हिमका सल्लाहकार चिरन्जीवि राईले बताउनु भयो । पूजा आगामी बैशाख १७ गते समापन हुने बताइएको छ ।

See live video by Globalpost

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here