तीन जिल्लाको सिमा क्षेत्रमा रहेको राधाकृष्णको बार्षिक साधारणसभा सम्पन्न

0
1224

२०७४ चैत्र ६
दमक/ तीन जिल्लाको सिमा क्षेत्रमा रहेको राधाकृष्ण मन्दिरको आज छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङ्ग, इलाम र झापाका नागरिकहरुको सहभागितामा साधारणसभा गरिएको हो । विकासको दृष्टिकोणबाट अति कम विकसित दमक वडा नं. ३ को ओमशान्ति टोलमा रहेको मन्दिरमा नयाँ सभाले नयाँ कार्य समितिको चयन गरेको छ । भिम लकाईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्व सम्मतिबाट चयन गरिएको छ ।


समितिको उपाध्यक्षमा कुमारी राई, कोषाध्यक्षमा मनमाया केसी, सचीवमा कुमार श्रेष्ठ, सहसचीवमा नेत्र प्रसाद अधिकारी र सदस्यहरुमा शान्ता केसी, विष्णु राई, लोकबहादुर बर्देवा, भिमप्रसाद लावती चयन हुनु भएको छ ।
दमक वडा नंं ३ का वडाध्यक्ष नविन बरालको प्रमुख आथित्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तिलक राईले साढे ५ लाख रुपयाँ बराबरको आर्थिक प्रतिवदेन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा दमक नगरको उत्तरी क्षेत्रमा विकासका पहल गर्न सर्व नागरिक सचेत हुनु पर्ने वडाध्यक्ष बरालले बताउनु भयो । कार्यक्रममा दमक नगर पालिका वडा नं. ७ का वडाध्यक्ष भिम पौडेल, इलामको बाँझो माविका विध्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश घिमिरे, ओम शान्ति टोल विकास संस्थाका अध्यक्ष मानबहादुर लिम्बु, सामाजिक अगुवाहरु अमर केसी, बुद्धिमान तामाङ लगायतले मन्तव्य राख्नु भएको छ । त्रिजिल्लाको सिमा क्षेत्रमा दमक वडा नं. ३ मा रहेको मन्दिरमा मोरङ्ग, इलाम र झापा नागरिकहरु साधारण सदस्य रहँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here