१६ फाल्गून, काठमाडौं । आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।२९ ओभरमा १ सय ७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शरद भेषवाकरले नटआउट ४१ रनको योगदान गरे । दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनकै योगदान दिए । त्यस्तै, कप्तान पारस खड्काले २८ र आरिफ शेखले नटआउट २३ रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले १२ रनमा आउट भए । युएईका लागि अमिर हायतले २ विकेट लिएका थिए । वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएईले ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
ताजा पोष्ट
“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै
अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...
व्यवहारिक सिकाइदेखि आत्मचिन्तनसम्म: स्वीकारोक्ति फाउन्डेसनद्वारा पिट्सबर्गमा पाँचदिने नेतृत्व क्याम्प
श्रावण ४, २०८३ | अर्जुन प्रधान
पिट्सबर्ग, पेन्सिलभेनिया — युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सामाजिक...
ओहायोमा बेपत्ता भूटानीमूलका सञ्चारकर्मी हरि सुवेदी मृत फेला, परिवारद्वारा पुष्टि
असार २६, २०८३ | अर्जुन प्रधान
अमेरिकाको ओहायो राज्यमा बस्दै आएका भूटानी मूलका सञ्चारकर्मी तथा उद्यमी हरि सुवेदी मृत...












