१६ फाल्गून, काठमाडौं । आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।२९ ओभरमा १ सय ७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शरद भेषवाकरले नटआउट ४१ रनको योगदान गरे । दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनकै योगदान दिए । त्यस्तै, कप्तान पारस खड्काले २८ र आरिफ शेखले नटआउट २३ रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले १२ रनमा आउट भए । युएईका लागि अमिर हायतले २ विकेट लिएका थिए । वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएईले ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
ताजा पोष्ट
करण राई नाईट: अल्बेरीमा सांगीतिक र सम्मानको भव्य उत्सव
अर्जुन प्रधान/आयोजकAlbury, NSW — अप्रिल ५
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा शनिबार साँझ एउटा अविस्मरणीय साँगीतिक माहोल बन्यो, जब...
संयुक्त राष्ट्रसंघका विशेषज्ञद्वारा भूटानमा राजनीतिक बन्दीहरूलाई दमन गरिरहेको आरोप, तत्काल रिहाइको माग
अर्जुन प्रधान– अप्रिल ४, २०२५
संयुक्त राष्ट्रसंघका छ विशेष प्रतिवेदकहरू ले भूटानमा राजनीतिक बन्दीहरू माथि भइरहेको दमनको कडा आलोचना...
फिलाडेल्फियाको ICE कार्यालयले भूटानीहरूको निर्वासनबारे जानकारी सार्वजनिक गर्यो
अर्जुन प्रधान
फिलाडेल्फियास्थित अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) कार्यालयले बुधबार जारी गरेको वक्तव्यमा हालै अमेरिका बाट निर्वासित...