विश्वका सबैभन्दा प्राचीन बालबैज्ञानिकको थिए भनेर सोध्यो भने अचम्म मान्नु पर्दैन किनभने उनी अमेरिकन, युरोपेली कुनै थिएनन् | ई.पू. ५४० तिर प्राचीन दक्षिण भारतमा जन्मिएका विष्णु शर्मा थिए | यस्तो भनिरहंदा हाम्रा अग्रज र अंग्रेजी नाम पढ्न अभ्यस्त भैरहेकाहरूका लागि अचम्म हुने छ | तर यो कुरा सत्य हो, विश्वमा पन्चतंत्र भन्दा प्राचीन बालसाहित्य अर्को छैन |
उनले बालबालिकालाई सिकाउन विभिन्न कथानकहरूको प्रयोग गरेर बौद्धिक तिनको अभिरूचि अर्थात् पठनपाठन, दिंनेलिने, यज्ञ गर्ने/गराउने (ब्राह्मण) युद्ध गर्ने/गराउने, नयाकुरा सिक्न र सिकाउन रहर गर्ने, शारीरिक शक्तिको प्रयोग गर्ने काममा अभिरुचि दिने (क्षत्री), ब्यापार, कृषि,आदि मन पराउने. प्रकृतिसंग नजिकिन इच्छा गर्ने (वैश्य) र सधैं जागिर खान, अर्काको खटनपटन मन पराउने, आज्ञाकारी बन्न मन पराउने र धेरैजसो आफ्नो श्रम बेच्न मन पराउने (शूद्र) यी चारप्रकारका बौद्धिकस्तर अनुसारको गुरुकुल पद्यतिको विकास गरे | बहुआयामिक बुद्धिको पहिचान केवल गार्डनरले मात्र गरेका हुन् भन्नु अन्याय हुने छ |
केही मान्छेहरू सधैं हिमाल-पहाड तराईका खोला, फाँट र टाकुराहरू घुमिरहेका हुन्छन् | घरमा जताततै विरुवा नै विरुवा लगाए जङ्गलजस्तो बनाएका हुन्छन् | प्राकृतिक वातावरणसंग रम्नेहरू प्राकृतिक-सिकाईसंग सम्वन्धित हुन्छन् भने गार्डनरको मत रहेको छ | एस्ता बालबालिकाले कक्षाकोठामा घोकाएको, नचाएको, सबैसंग ग्रुपमा सिएकाएको वा समस्या समाधानप्रति त्यति अभिरुचि हुँदैन |
निश्चय नै अमेरिकी मनोबैज्ञानिक गार्डनरले बहुआयामिक बौद्धिकता विकास गरेर विश्वलाई गुण लगाएका छन् | गार्डनरले हरेक व्यक्तिको सिकाईहरूका आठआयामहरू हुने सिद्धान्त प्रमाणित गरेका छन् | गार्डनरका अनुसार मान्छेको सीकाई मूलतः दुई प्रकारले प्रभावित हुन्छ जसमा आनुवांशिक र वातावरण हुन्छन् | वातावरणको अर्थ बालबालिकाको हुर्काइ र सिकाईको परिवेशसंग सम्बन्धित रहने उनको विश्वास छ |
हावर्ड गार्डनरले मान्छेको सिकाई-क्षमतालाई आठ प्रकारमा विभाजित गरेका छन् | यी आठप्रकारका सीकाइहरू क्रमश: शक्ति-संचार, अन्तर, बाह्य, तार्किक, शाब्दिक,प्राकृतिक, दृश्यगत तथा सांगीतिक हुन्छन् | यद्यपि हरेक मान्छेलको न्युनाधिकरूपमा उपरोक्त गुणहरूका आधारमा व्यक्तित्व निर्मित हुन्छ तर यी मध्ये जुन विषयवस्तु प्रति उसको अभिरुचि हुन्छ, उसले त्यही विषयमा सफलता प्राप्त गर्छ भन्ने गार्डनरको मान्यता रहेको छ |
१. शारीरिक संचालन सिकाई : खासगरी केही बालबालिकाहरू आफ्नो शरीर प्रयोग हुने क्रियाकलापमा बढी सक्रिय हुन्छन् | नाच्न, उफ्रन, खेलकुद गर्न र दौडन तथा शरीरलाई सन्तुलन गरेर सम्पादन गर्न सकिने कामहरू प्रति बढी अभिरुचि राख्छन् र अन्य सिकाईमा उनीहरू सामान्य अथवा न्यून हुन्छन् | यस्ता बालबालिकाहरू हरेक बखत शरीरलाई सक्रिय राख्छन् | अभिभावकहरूले अन्य क्रियाकलापमा भन्दा स्वभाविकरूपमा प्रकट भैरहेको मौलिक रुचि प्रति ध्यान दिनुपर्छ | शारीरिकमा सक्रिय बालबालिकाहरू विश्वप्रसिद्ध नृत्यक बन्ने सम्भावना लिएका हुन्छन् र अभिभावकहरूले तेसैमा फोकस गरेको राम्रो हुन्छ भन्ने हावर्ड गार्डनरले एस्तो क्षमतालाई “काइनेथेस्टीक इन्टेलीजेन्स” रूपमा पहिचान गरेका छन् |
२. अन्तरसम्बन्ध : केही बालबालिकाहरू वा प्रौढहरू सजिलैसंग साथी बनाउन सक्छन्, रमाइलो गर्न सक्छन् | उनीहरूको प्राकृतिक अभिरुचि नै आफ्नो कुरा सुनाउने र अर्काको कुरा सुन्नेतिर केन्द्रित हुन्छ | अंग्रेजीमा यस्तो गुणलाई “इन्टरपर्सनल” भन्ने गरिन्छ | अन्तरसम्बन्ध सम्बब्धि गुण भएका बालबालिकाहरू अन्य विषयमा कमजोर देखिए पनि साथी बनाउन, नेतृत्व स्वीकार्न, सामाजिक समस्याहरू समाधान गर्ने काममा ज्यादै निपूर्ण हुन्छन् | एस्ता बालबालिकाहरू समुहमा सिक्ने, समुहमा काम गर्न अभिरुचि राख्ने हुन्छन् |
३.कितावी : केही बालबालिकामा किताव पढ्ने, शब्दहरू सुनेर ती शब्दहरूलाई विविध प्रकारले प्रयोग गर्ने र अर्थात् सुनेका, बुझेका र देखेका शाब्दिक-वर्णहरूसंग रमाउन सक्ने प्राकृतिक गुण हुन्छ | हाम्रो समाजले एस्तै बालबालिकालाई ज्ञानी र जान्ने भन्छ | यो अर्ध सत्य हो | प्राकृतिक रूपमा शब्दसंग तालमेल राख्ने बालबालिकाहरू खेलकुदआदिमा कमजोर हुनसक्छन् तर कविता लेखन, बाचन, निवन्ध प्रतियोगिताआदिमा उनीहरूले राम्रो गर्छन् | एकप्रकारले यस्ता बालबालिका वा व्यक्तिहरू कितावी किरा हुन्छन् भन्दा फरक पर्दैन | गार्डनरले यसलाई “लिंग्विस्टक इन्टेलीजेन्स” भनेका छन् |
४. तार्किक : केही बालबालिका तथा व्यक्तिहरूमा गणित अर्थात् तर्क गर्न सक्ने अत्यधिक क्षमता हुन्छ | एस्तो प्राकृतिक गुण भएका बालबालिकाहरू सधैं प्रश्नमात्रै सोधिरहन्छन् | उनीहरू जिज्ञासु भएकोले नया गिफ्ट पाउँदा साथ त्यसलाई खोलेर बुझ्ने प्रयास गर्दा विगार्न सक्छन् | यसो गर्न हुँदैन भन्यो भने किन भनेर पनि बुझाउनुपर्छ नत्र आफैलाई समेत जोखिममा पार्न सक्छन् | यस्ता बालबालिकाहरू शब्दसंग खेल्न, बाहिरी संसारसंग बढी घुलमिल गर्न, खेल-कुदमा अव्ब्बल नहुन सक्छन् तर समस्या समाधान गर्न भने महारत प्राप्त हुन्छन् | एताउती हेर्ने, फोर्ने, बनाउने प्रयत्न गर्ने यिनको बानी हुन्छ | गार्डनरले यसलाई “तार्किक-बौद्धिकता” भनेका छन् |
५. प्राकृतिक : केही मान्छेहरू सधैं हिमाल-पहाड तराईका खोला, फाँट र टाकुराहरू घुमिरहेका हुन्छन् | घरमा जताततै विरुवा नै विरुवा लगाए जङ्गलजस्तो बनाएका हुन्छन् | प्राकृतिक वातावरणसंग रम्नेहरू प्राकृतिक-सिकाईसंग सम्वन्धित हुन्छन् भने गार्डनरको मत रहेको छ | एस्ता बालबालिकाले कक्षाकोठामा घोकाएको, नचाएको, सबैसंग ग्रुपमा सिएकाएको वा समस्या समाधानप्रति त्यति अभिरुचि हुँदैन | यी बालबालिकाहरू संसारको विशालताबाट सिक्छन् | घरको छानोमा उभिएर तारा गन्ने, विहानै उठेर चराहरूको आवाज सुन्ने, सूर्य, चन्द्र ताराआदिका विषयमा अभिरुचि लिने यिनको स्वभाव हुन्छ | यिनका लागि प्रकृति नै सबैभन्दा महान् शिक्षिका हुन्छिन् | गार्डनरले एस्तो विशेष गुण भएका बालबालिकालाई “प्राकृतिक-बौद्धिकता” गुण भएका बालबालिकाको रूपमा परिभाषा दिएका छन् भने यी बालबालिकाले प्राकृतिक वातावरणमा सजिलोसँग सिक्छन् |
६. अन्तरमुखी : केही बालबालिकाहरू निकै लजालु स्वभावका र एकान्तमा बस्न मन पराउने हुन्छन् | घरमा पाहुनापछा आउँदा वा सामाजिक कार्य हुँदा कमसहभागिता जनाउँछन् | एस्तो स्वभाव भएका बालबालिकाहरू “अन्तरमुखी बौद्धिकगुण” भएका हुन्छन् | यस्ता बालबालिकाहरू खेलमा, सामाजिक कार्यमा, धेरैसोधखोज गर्नमा र बाहिर घुम्नमा अभिरुचि राख्दैनन् | एकान्तमा बसेर किताव पढ्ने, नैतिक तथा ब्यबहारिक समस्याहरूको स्रोत आफै भएको ठानेर ती समस्याहरू समाधान गर्ने प्रयत्न गर्दै सिक्नु नै यिनको आफ्नो मौलिक गुण हुन्छ | असलमा, हरेक मान्छेले आ-आफ्नो तरिकाले सिकिरहेको, बुझिरहेको हुन्छ | अभिभावकहरूले एस्तो एकान्त स्वभाव भएका बालबालिकालाई तेसै किसिमले सिक्न प्रेरित गर्नुपर्छ | ठूला बैज्ञानिक तथा दार्शनिकहरू यसै बौद्धिकताबाट विकसित भएका हुन् | गार्डनरले एस्तो विशेषतालाई “अन्तरमुखी बौद्धिकता” भनेका छन् |
७. चित्रप्रधान : विश्वको हरेक मान्छे आफैमा अद्वितीय हुन्छ | कुनै पनि मान्छेको ठ्याक्कै डुप्लिकेट हुँदैन | आज धेरै अभिभावकहरू बालबच्चाले धेरै कार्टुन हेरे भनेर चिन्तित देखिन्छन् | तर त्यही कार्टुन हेरेर बालबालिकाले फरर हिन्दी बोलेको, बुझेको कुरालाई त्यति वास्ता गर्दैनन् | कार्टुनहरूले धेरै कुरा सिकाउँछ | त्यसको समय ब्यबस्थापन जरूरी हुन्छ | केही बालबालिकाहरूका अक्षर असाध्यै राम्रा हुन्छन् | तर उसले परिक्षामा राम्रो नम्बर नल्याएको हुन सक्छ | यसको अर्थ, उसले चित्रहरू हेरेर, त्यसको आधारमा सिक्ने गर्छ | चित्रहरूहेरेर सिक्नेहरू ठूलो संख्यामा हुन्छन् | भनिन्छ, मान्छेले ७०% ब्यबहार अर्काको नक्कल गरेर सिक्छ | तेसैले एस्तो बौद्धिकगुण भएका बालबालिकाहरूका लागि कक्षाकोठा होस् वा घर रंगहरू, चित्रहरूले भरिएको, लेखिएको हुनुपर्छ | उसका लागि आफैले लेख्ने र पढ्ने अक्षरहरू भन्दा अरूले लेखिदिएका अक्षरहरू बढी महत्वपूर्ण हुन्छन् | गार्डनरले एस्तो मानसिक विशेषतालाई “भिजिउल इन्टेलिजेन्स” भनेका छन् |
८. कानमा इयरफोन लगाएर, टीवी वा रेडियोमा गीत चलाएर टाउको हल्लाउदै होमवर्क गरिरहेका बालबालिकाहरू पनि तपाईंले देख्नु भएकै होला | उनीहरूले जे-काम पनि संगीतमय वातावरणमा मात्र सम्पन्न गर्नसक्ने क्षमता राख्छन् | उनीहरू खेलकुदमा, साथीहरू बनाउन, एकदम राम्रो कविता लेख्न, तर्क गर्न, एक्लै वसेर सिक्न, प्राकृतिक वातावरण रमाएर सिक्न नसक्लान् तर सांगीतिक वातावरणमा उनीहरू धेरै राम्रो गर्न सक्छन् | यदि तपाईंको बालबालिकाले रेडियो सुन्दै गर्दा पनि होमवर्क राम्रो गरिरहेको छ भने केही फरक पर्दैन | उनीहरूको मुख्य पेशा नै संगीत हुन सक्छ | गार्डनरले एस्तो विशेषगुण भएका बालबालिकालाई “सांगीतिक इन्टेलीजेन्स” भनेर पहिचान गरेका छन् | उनीहरूलाई यस्तै वातावारणमा सिक्न दिनुपर्छ | आजभोली विद्याध्यायहरूमा पनि संगीत सिकाउने क्रियाकलाप हुन्छ, राम्रो हो |
९. आध्यात्मिकता : अमेरिकी मनोबैज्ञानिक गार्डनरले यी आठ-प्रकारका सीकाइ-बुझाई सम्वन्धि गुणहरूको कुरा गरे पनि आजभोली नवौं गुणको पनि परिचर्चा र पहिचान भएको छ | आजभोली मनोबैज्ञानिकहरूले “आध्यात्मिक बौद्धिकता”को अस्तित्वलाई स्वीकार्नु पर्नेतिर औल्याउएका छन् | वास्तवमा हिन्दू, बौद्ध, जैन तथा अन्य चिनी दार्शनिकहरूले जीवनमा आध्यात्मिकतालाई ठूलै महत्व दिएका छन् | केही बालबालिकाहरू प्राकृतिक रूप मै दार्शनिक अर्थात् रहस्यमय विश्वका विषयमा जान्न, बुझ्न तथा यसको रहस्य खोल्न आतुर हुन्छन् | यसको मुख्य कारण तिनको मूल गुण नै हो | योग, ध्यान, आध्यात्मिक चर्चा, गुरू बन्ने चाहना इत्यादि एसका प्रबृत्ति हुन् |
यसरी हरेक अभिभावकहरूले उपरोक्त नौ-प्रकारका बालबालिका हुन्छन् भनेर बुझ्नु जरूरी छ | सबै बालबालिकाहरूले सबै थोक सिक्न, जान्न र बुझ्न सक्दैनन् | उनीहरूको अभिरुचि नभएको विषयमा उनीहरूले राम्रो गर्न सक्दैनन् | उनीहरूले उपरोक्त नौवटा विषयहरू मध्ये जुन विषयमा सबैभन्दा राम्रो परिणाम प्राप्त गर्न सक्छन् त्यही नै उसको मूल गन्तब्य हो भनेर हामीले बुझ्नुपर्छ र त्यसमा दक्षताप्राप्त गर्न बालबालिकालाई सहायता गर्नुपर्छ |
मार्गनिर्देशन गर्ने, परामर्श दिने तथा सहयोग गर्ने काम हामी अभिभावकहरूको हुनुपर्छ तर आफ्नो ईच्छा बोकेर हिड्ने ट्रकको रूपमा बालबालिकालाई कदापि प्रयोग गर्नुहुँदैन | आफ्नो महत्वाकांक्षी चिन्तन लादिंदा भविष्यमा समस्या उत्पन्न हुन्सक्ने खतरा बढी हुन्छ | तै भएर, बालबालिकालाई उनको आफ्नो रुचिअनुसारको सीप विकास गर्न हामीले सहयोग गर्नुपर्छ | नत्र श्रीकृष्णले अर्जुनलाई भनेझैं “तिमी क्षत्री हौँ, जहाँ गए पनि तिम्रो लडाकु व्यक्तित्वतिमीसंग रहनेछ | सन्यासी बनेर जङ्गलमा गयौं भने पनि तिमी चराचुरुङ्गीको सिकार खेल्ने छौ | बरू यहीं युद्ध गरेर आफ्नो धर्म पालन गर” भन्ने उपदेशलाई सधैं स्मरण गरेको राम्रो हुन्छ |