आदिबासी जनजातिको विशेष कार्याक्रम उत्पादनमा योगदान

कञ्चनजंघा मल्टि मिडियाको बार्षिकोत्सव सम्पन्न

0
1698

कञ्चनजंघा मल्टि मिडियाको बार्षिकोत्सव सम्पन्न
अशोज २२ गते / डिकेश लामा
इटहरी / मुख्य गरी आदिवासी जनजातिहरुको साँस्कृतिक पक्षलाई जोड दिँदै संचालनमा आएको कञ्चनजंघा मल्टिमिडियाको पहिलो बार्षिकोत्वस आज इटहरीमा सम्पन्न भएको छ ।


नेपालका आदिवासीहरुका मानव अधिकार सम्बन्धी वकिल समूहका पूर्वाञ्चल क्षेत्रीय प्रमुख लामो समय पत्रकारिता गर्दै आउनु भएका गोपाल देवानको प्रमुख आथित्यमामा भएको कार्याक्रममा अधिकाशं पूर्वेली आदिवासी जनजातिका साँस्कृति झाँकी सहित कार्याक्रम गरिएको मिडियामा कार्यरत कार्याक्रम संचालक कोपिला घिसिङ्गले बताउनु भयो । कार्याक्रममा प्रमुख अतिथि देवानले मुलधारका संचारमाध्यामले उठाउँन नसकेका आदिवासी जनजातिहरुको साँस्कृतिक पक्षलाई उजागर गर्नु मिडियाको राम्रो पक्ष रहेको बताउनु भयो । देवानले संघीय संरचनामा गईरहेको मुलुकमा अब पिछाडी पारिएका आदिवासी जनजातिलाई कञ्चनजंघा जस्तो अन्य मिडिया गृहले समेत प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।


कार्याक्रममा मिडियाका कार्याकारी निर्देशक लाखमान योञ्जनले मिडिया गृहले बर्ष भरी संचालन गरेका कार्याक्रम सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भयो । मिडियाले विगत १ बर्ष अघि देखि आदिवासी जनजातिको साँस्कृतिक र अन्य पक्षलाई समेटेर एरिना टेलिभिजनबाट हाम्रो आवाज, कोको म्हेन्दो, हाँस्य सिरियल उमेर गयो बैंश गएन, सिने जक्शन लगायतका कार्याक्रम सातामा ४ पटक प्रसारण गर्दै आएको छ । कार्याक्रमलाई स्थानीय जयकला डुम्जन, सुमन सुव्बा र कोपिला घिसिङ्गले संचालन गर्दै आउनु भएको छ । कार्याक्रममा नेपाल तामाङ घेदुङका अगुवा चन्द्र गोम्देन तामाङलाई प्रमुख अतिथि देवान र कार्याक्रमका सभापति मिडियाका अध्यक्ष टिएस योन्जनले सम्मान समेत गर्नु भएको छ ।
मिडियाले संघीय संरचना कार्यान्वयन सँगै निकट भविष्यमा नै आफ्नै स्वामित्वमा टेलिभिजन समेत संचालन गर्ने तयारी गरेको कार्याक्रममा बताइएको छ । कार्याक्रममा इटहरी किरात राई यायोक्खा, सुम्निमा साँस्कृति टोली लगायत अन्य विभिन्न जातजातिका संगठनले नृत्य तथा गायन समेत प्रस्तुत गरेको मिडिया सक्रिय सदस्य सुमन योन्जनले जानकारी दिनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here