जनता ठग्न गठबन्धन राजनीति : रवि लामिछाने

0
325

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनतालाई ठग्नका लागि गठबन्धनसहितको राजनीति भइरहेको आरोप लगाएका छन् ।

पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु पनि ठगीकै निरन्तरता हुने बताए ।

लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती पनि दिए । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले बा पुस्ताका नेताहरुलाई चुनावबाट पाखा लगाउन आह्वान पनि गरेका छन् ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको प्रशंसा गर्दै लामिछानेले अगाडी ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनितीबाट बिदा हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here