जिविएलओको आयोजनामा अमेरिकाको पेन्सिल्भानियामा सम्पन्न “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५” मा लिलबहादुर क्षेत्री सहित १५० भन्दा बढिलाई सम्मान

0
201

साउन १७
विश्व भूटानी साहित्यिक संगठन (वि.भू.सा.स)को आयोजनामा अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा सम्पन्न भएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५” मा धेरै साहित्यकार तथा समाजसेवीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
समारोहका कन्भेनर साहित्यकार, व्यावसायी एवं आयोजक संस्था वि.भू.सा.सका वोर्ड अफ ट्रष्टी अध्यक्ष डेन्जोम साम्पाङका अनुसार कार्यक्रम अवधिभर समाजमा बिशिष्ट योगदान पुर्‍याएका १५० भन्दा धेरै व्यक्ति, व्यक्तित्वलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली भाषाका मूर्धन्य साहित्यकार लीलबहादुर क्षत्रीलाई “स्वीकारोक्ति आजिवन सिद्धि पुरस्कार” दिने घोषणा गरिएको छ । नेपाली ६ लाख रुपैयाँ राशीको उक्त पुरस्कार क्षत्रीलाई दिने घोषणा गरिएको हो । स्वास्थ्यका कारण क्षत्री कार्यक्रममा उपस्थित हुन नसकेपछि उहाँलाई भारतमा रहेको उहाँको निवासमै गएर पुरस्कार प्रदान गरिने वि.भू.सा.सका अध्यक्ष कर्ण गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा वि.भू.सा.स न्युजिल्याण्ड चेप्टरलाई उत्कृष्ट शाखाको रुपमा, ओम अधिकारी गोर्खाली र ख्याम अधिकारीलाई उत्कृष्ट सदस्यको रुपमा र लक्ष्मि अधिकारीलाई कार्यक्रम सम्पन्न गर्न बिशेष भुमिका निर्वाह गरेकोमा सम्मानित गरिएको छ ।
त्यसैगरी कार्यक्रम स्थानिय सह आयोजक भुटानी समुदाय ह्यारिसबर्गलाई पनि सम्मान गर्नुका साथै लिला निशा, सिवलाल दाहाल, तिलरुपा आचार्य, भुपाल लुईंटेललाई पनि सम्मानित गरिएको छ । त्यस्तै खेलकुद शिक्षण र समाजसेवामा डा. हेमन्त घिसिङ, डा. कुमार गुरुङ, डा. तुलाराम न्यौपाने, डा. नारद अधिकारी, अधिवक्ता पुस्प शर्मा, विकाश राईलाई सम्मान गरिएको जिविएलओका सदस्य तथा साहित्यकार पातलो अन्तरेले जानकारी दिनुभयो । तिन दिन सम्म सञ्चालन भएको उक्त उत्सवको अवसर पारेर डा. महेश दाहाललाई दिनेश चाम्लिङ्ग स्मृति युवा पुरस्कार सहित १५० जना बिशिष्ट अतिथिलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
अनुष्ठानमा नेपाल, भारत, ब्रिटेन, नेदरल्याण्ड, अमेरिकाका विभिन्न राज्य, क्यानडा, न्युजील्याण्डलगायत मुलुकहरुबाट नेपाली भाषा, साहित्य, संस्कृति, कला क्षेत्रका चर्चित व्यक्तित्वहरु र स्रष्टाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here