सम्मानजनक स्वदेश फिर्तिको लागी वातावरण बनाईदिन प्रधानमन्त्री सहित प्रमुख दललाई भुटानी शरणार्थिहरुको माग

0
366

असोज ११/
झापको दमक र मोरंगको पथरीका शिबिरमा रहेका भुटानी शरणार्थि हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मान जनक स्वदेश फिर्ताको व्यवस्था मिलाईदिन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापा मार्पmत प्रधानमन्त्री सहित प्रमुख दलका नेताहरुलाई समेत शरणार्थिहरुले आफुहरु बिगत ३० बर्ष देखी कष्टकर जिवन विताउन बाध्य भएको भन्दै जतिसक्दो चाँडो स्वदेश फर्किने वातावरण मिलाई दिन आग्रह गरेका छन् ।
भुटानी शरणार्थि समस्या समाधानका लागी अपनाईएका तिनवटा विकल्प मध्ये तेस्रो देश पुनस्र्थापनालाई मात्रै प्राथमिकता दिएर बिभिन्न देशहरुमा धेरै शरणार्थि लगिएको भन्दै स्वतन्त्र भुटानी नागरिक समुहको तर्पmबाट प्रधानमन्त्री सहित प्रमुख दलका नेताहरुलाई ज्ञापनपत्र पठाउँदै बाँकी रहेका शरणार्थिहरुलाई तत्काल स्वदेश फिर्ता गर्नु पर्ने माग राखिएको छ । समुहका महासचिव धनबीर सुब्बाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अहिले दात्री निकायहरुले समेत सहयोग कटौती गरेकाले दमक र पथरिका शिबिरमा रहेका शरणार्थिहरु कष्टकर जिवन जिउन बाध्य बनेको बताईएको छ ।
हाल मोरंगको पथरी र झापाको दमकस्थित बेल्डांगी शिबिरमा गरि ६ हजार ५ सय शरणार्थि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here