बिभिन्न कार्यक्रम गरि जिबिएलओको बार्षिक उत्सव सम्पन्न

0
607

असार २७/
विश्व भुटानी साहित्यिक संगठन जिबिएलओले बिभिन्न कार्यक्रम गरि आफ्नो १२ औं बार्षिक उत्सव मनाएको छ । विश्भर छरिएर रहेका भुटानी साहित्यकार तथा साहित्य प्रेमीहरुको संगठन जिबिएलओले कोलम्बस ओहायोमा एक कार्यक्रम गरि रचना वाचन, पुस्तक विमोचन साथै सम्मान तथा पुरस्कार वितरण गरेर १२ औं स्थापना दिवस मनाएको हो ।
बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरी बिधिवत सुरुवात गरिएको थियो ।

कार्यक्रममा साहित्यकार शेखर कोईराला चन्द्र को गजल संग्रह “प्रेमाश्रु” को बिमोचन समेत गरिएको जिविएलओका अध्यक्ष तथा कार्यक्रमका सभापति कर्ण गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा दिनेश चाम्लिङ राई स्मृति युवा पुरस्कारबाट नर्वे निवासी रमेश गौतमलाई पुरस्कृत गरिएको कार्यक्रममा एलसिओवी, मात्रीभाष संरक्षण समुह, त्रिवेणी साहित्य मञ्च, एस एण्ड के एजुकेशन, युनाईटेड फेमिलि होम हेल्थ केयर, हिमालयन म्यजिक एकाडेमी, विश्व भुटान संगठन, सुसन माझी, प्रताप सुब्बा, आरके खड्का, मायाँ भट्टराई, सौरभ तिम्सिना श्रष्ठाहरु लगायतका संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएकोको सचीव लिला अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा  आर.बी खड्का, सुसन माझी, सारदा धिताल, लिला चम्लगाइ, पूर्ण नर्जाली, गण्डकी पुत्र आदी  सष्टहरुले गाउनुका साथै रचनाहरु वाचन गर्नु भएको थियो ।

कार्यक्रममा जिबिएलओले अनलाईन माध्यमबाट सञ्चालन गरेको नेपाली भाषा कक्षाको परिक्षाफल प्रकासन समेत गरिएको थियो भने भुटनिज अमेरीकन म्यजिक एसोसिएसनको तर्पmबाट गायक तथा संगितकार अर्जुन रसाईलीको नेतृत्वमा भ्वाईस अफ नेपालको प्रतिस्पर्धामा रहेका गायक करिण गजमेरलाई जिताउन सबै संग आग्रह गरिएको थियो ।https://www.facebook.com/angel.are.351/videos/1027664734661050
कार्यक्रममा ग्यान बहादुर क्षेत्री, सुरेंद्र परदेशी, गोबिन्द गीरी प्रेरणा, बिजय हायतन, गन्डगी पुत्र लगायत अन्य बिभिन्न साहित्यकार तथा श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

दोस्रो दिनको सत्रमा संगठले भावीदिन आउन सक्ने चुनौती , भावी कार्यक्रम र हुँदै गरेका गतिविधि सम्बन्धि छलफल गरेको थियो भने कार्यक्रमलाई स्रस्टा भ्रमण गरेर औपचारिक रुपमा समापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here