पोखरी स्तरोन्नतिको विवादमा वडाध्यक्षको हत्या

0
290

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको छ।

जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले नै ठक्कर दिएर श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पूरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । राति १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो ।

सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र माटोले पुरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले बताए ।

घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here