मिक्लाजुङ्ग गाऊँपालिकाको रविमा अन्तराष्ट्रिय गोल्डकप हुने

0
996

चैत्र १२,२०७४ 
दमक/पाँचथर जिल्लाको मिक्लाजुङ्ग गाऊँ पालिकामा पाँचौं अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ्ग रवि गोल्डकप आगामी २४ गते देखि शुरु हुने भएको छ ।
राईजिङ्ग स्पोटिङ स्टार क्लवको आयोजनामा हुन लागेको गोल्डकपमा भारत र नेपालका स्थापित फुटवल क्लवहरुबीच प्रतिस्पर्धा हुने आज दमकमा पत्रकार सम्मेलन गरी जानकारी दिएइको छ । गोल्डकप मिक्लाजुङ्ग क्षेत्रको पर्यटकीय उजागर, स्थानीय प्रतिभा प्रस्फुटन र सामाजिक एकताका लागि आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गणेश दर्लामीले बतानउनु भयो । खेलमा प्रथम हुने टिमलाई नगद रु २ लाख र दोस्रो टिमलाई १ लाख नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक समितिका आर्थिक संयोजक ईन्द्र लामाले बताउनु भयो ।
खेलमा भारत र नेपालका ए डिभिजनका अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने र हरेक टिमलाई यातायत र अन्य खर्चमा १० लाख विनियोजन गरिएको बताइएको छ । खेल २५ लाख ५० हजार बजेटमा सक्ने योजना बनाइएको सहयोगी संस्था रवि उद्योग बाणिज्य संघ शाखाका महासचिव दिनेश खनालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here