भूटानी शरणार्थीहरुको स्वास्थ्य विमा आज देखि शुरु

२ हजार १ सय १५ परिवारको विमा हुने

0
2221

२ हजार १ सय १५ परिवारको विमा हुने

 
८ चैत्र, २०७४/ डिकेश लामा
दमक/ पूर्वी नेपालको भूटानी शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीहरुको स्वास्थ्य विमा कार्यक्रम आजदेखि शुरु गरिएको छ ।
दिनानुदिन शरणार्थीहरुको संख्या घट्दै गईरहेको अवस्थामा शरणार्थीहरुलाई स्वास्थ्य क्षेत्रमा सहज बनाउँन शरणार्थीलाई रेखदेख गर्दै आएको संस्था शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले भूटानी शरणार्थीहरुको विमा गर्ने कार्य शुरु गरेको हो । भूटानीको हकमा यूएनएचसीआर र नेपाल सरकारले सँयूक्तरुपमा प्रदान गरेको भूटानी शरणार्थी परिचय पत्रको आधारमा भूटानी शरणार्थीलाई विमाको प्रकृया अगाडि बढाइएको विमामा सहजीकरण गर्दै आएको संस्था आम्दा नेपालका कार्यक्रम संयोजक सुमन नेपालले बताउनु भयो ।


स्वास्थ्य विमा ऐन २०७४ अनुसार वृद्घाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकले गर्न सक्ने निमावलीको आधारमा भूटानी शरणार्थीलाई स्वास्थ्य विमा गरेको प्रदेश नम्बर १ का स्वास्थ्य विमा कार्यक्रम संयोजक तुलसी पोख्रेलले बताउनु भयो । तर यता भूटानी शरणार्थी शिविर वेलडाँगी व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीका अनुसार दातृ निकायले विस्तारै शरणार्थीलाई छाड्ने नीति अन्तर्गत यो कार्यक्रम संचालन गरेको दावी गर्नु भएको छ । पीडादायक अवस्थामा जिवन गुजारा गरिरहेका शरणार्थीहरुका लागि यो कार्यक्रम फलदायी हुने पूर्व सचीव युवराज राईले बताउनु भएको छ ।
गत फाल्गुन महिनाको अन्त्यसम्मको तथ्याङ्कमा भूटानी शरणार्थी शिविरमा २ हजार १ सय १५ घर परिवार रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । हाल ६ हजार २ सय ३७ दर्ता रहेका भूटानी शरणार्थी र विना दर्ताका १ हजार ७ सय ४१ गरी ७ हजार ८ सय ७८ भूटानी शरणाथीहरु पथरी शनिश्चरे र बेलडाँगीमा बस्दै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here