नेपालमा लोकतन्त्र कार्यन्वयनका लागि नागरिक सचेत हुनु पर्ने

0
1788

 १५ मंसिर २०७४ 
दमक/ लोकतन्त्रलाई कार्यन्वयन गर्नका लागि हरेक नागरिक सचेत हुनु पर्ने आज दमकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । हरेक तह तप्काको सम्मान, मौलिक हक र अधिकारको ग्यारेन्टीका लागि राजनैतिक दललाई सचेत गराउन आवश्यक रहेको कार्याक्रममा बक्ताहरुले जोड दिनु भएको छ ।
लोकतन्त्र संवाद अभियान (असल)को आयोजनामा भएको कार्याक्रमका बक्ताहरुले सो कुरा बताइएको हो । कार्यक्रमका प्रमुख अतिथि इतिहास तथा संस्कृत वेदका डा. रमेश कुमार ढुङेलले नागरिकहरुले लामो समय पछि प्राप्त संवैधानिक अधिकार लोकतन्त्रको कार्यन्वयन र चुनौती प्रति सचेत भएर लाग्नु पर्ने बताउनु भयो । बर्तमान अवस्थाका राजनैतिक उच्च कोटीका दलले समेत लोकतन्त्रको पूर्ण कार्यन्वयनमा सिद्धान्त र व्यवहार फरक भएको भन्दै यसलाई सही तवरले लागु गर्न नागरिकहरु सचेत भएर लाग्न आग्रह गर्नु भयो । आफू युरोपियन मुलुकमा १५ बर्ष बसेको तर हाल आएर नेपालमा लोक हितका कार्यहरु विपरित हुँदै गएकोले नेपाल फर्केर अभियानमा लागेको समेत ढुङ्गेलले बताउनु भयो । उहाँले यदि लोकतन्त्रको कार्यन्वयन गर्ने हो भने झाँक्रीको उत्थान र संरक्षण हुनु पर्छ अनि पिछाडा बर्ग तथा सवै जातजातिको संस्कार तथा धर्मको पहिचान र संरक्षण हुनु पर्नेमा जोड दिनु भयो । 

कार्याक्रममा अभियान दलीय स्वार्थमा नभएको भनिए पनि नेपालमा बाम गठबन्धनले लोकतन्त्रको हितमा काम गर्न नसक्ने घुमाउरो व्यक्तव्य राखिएको छ । यता काँग्रेशले पनि उल्लेख कार्य गर्न नसकेको बताए पनि लोकतन्त्रका लागि केही हदसम्म राम्रो भएको बताइएको छ । 

बेद तथा ज्योतिष क्षेत्रका अगुवा चन्द्रपाणी गौतम्को सभापतित्वमा भएको कार्याक्रममा डा. बासुदेव शास्त्रीले सवै जातिको धर्म र सँस्कृतिको संरक्षण र प्रवर्धन नगरेसम्म लोकतन्त्रको अभ्यास नहुने बताउनु भयो । दमको मारवाडी सेवा समितिको भवनमा भएको कार्यक्रममा अन्य धार्मिक, सामाजिक र शैक्षिक अगुवाहरुको समेत उपस्थिति रहेको कार्यक्रम संचालक शैक्षिक अगुवा भवकृष्ण खतिवडाले बताउनु भएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here