अनुष्ठान – ३ को औपचारिक घोषणा

0
1092

ग्लोबल पोष्ट संवाददाता , असार १५, २०७३

विश्व भूटानी साहित्यिक संघटनले सृजनात्मक पर्वको रूपमा मनाउदै आएको दुई दिवसीय कार्यक्रम “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-३” यो वर्ष अमेरिकाको टेक्सास राज्यमा नोवेम्बेर २५-२६ तारिक हुने ब्यौरा गत आइतबार तदनुसार जुन  २६,२०१६(June 26, 2016)मा समाज तथा संघ-संस्थाका प्रतिनिधिहरूको भेला तथा पत्रकार सम्मेलन गर्दै औपचारिकरूपमा घोषणा गरेको छ |

टेक्सास राज्यको वातौगा(Watauga) सहर स्थित माउंट टप क्याफे (Mount Top Cafe)मा आयोजित उक्त कार्यक्रम विशेषत: अन्तरक्रियात्मक रहेको थियो | आगामी “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-३”लाई कसरी भब्य र सभ्य तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा विचार आदानप्रदान गर्नुको साथै स्थानीय संघ-संस्था, बुद्धिजिबी, युवा सबैको सहभागिता, सहकार्य, र सहयोगको लागि विश्व भूटानी साहित्यिक संघटनद्वारा आग्रह पनि गरिएको थियो |  सो आग्रहलाई उपस्थित सबै सहभागीहरूले स्वीकार्दै, यसले हाम्रो विभाजित समाजलाई एकताको सुत्रमा ल्याउन सक्ने अभिव्यक्ति प्रस्तुत गरेका थिए |

भूटानी लिगेसी यौथ क्लब (Bhutanese Legacy Youth Club) र डालस फोर्ट वोर्थ भूटानी समाज (Organization of Bhutanese Society – DFW)  प्रमूख स्थानीय आयोजकको रूपमा रहने छन् भने नेपाली इन्द्रेणी समाज, स्रष्ट मंच डालस, भूटानी समाज एबीलेन (Bhutanese Community in Abilene), Bhutanese American Association in Houston, Eastern Creation, Hamro Star Entertainment आदि सस्थाहरू पनि प्रत्यक्ष अप्रत्यक्ष स्थानीय आयोजकको भूमिकामा रहने कुरा पनि निधो भएको छ |

“भूटानी नेपाली भाषा साहित्य अस्तव्यस्त रहेको तात्कालिन परिवेश र परिस्थितिलाई दीर्घकालीनरूपमा सम्बोधन गर्न सन् २००९ ताका शरणार्थी शिविरमा स्थापना भएको संस्था हो “विश्व भूटानी साहित्यिक संघटन” | आज यो संस्था विश्वव्यापी भएको छ | स्थापना काल देखीनै निरन्तर रूपमा भाषा-साहित्य, कला र संस्कृति, जनचेतना, समाज सेवा जस्ता क्षेत्रमा योगदान दिदै आएको कुरा सर्वविदित नै छ | त्यसैले दुई वर्षको अन्तरालमा हुने “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान” को प्रमूख उदेश्य भनेकै भाषा-साहित्य, कला र संस्कृतिको विकास र संरक्षण, जनचेतना, पहिचान, सामाजिक सद्भाव, शान्ति आदि स्थापनाको लागि गरिएको सृजनात्मक पहल हो |”  – विश्व भूटानी साहित्यिक संघटनका अध्यक्ष श्री डेन्जोम सम्पाहंगले आफ्नो मन्तब्यमा प्रष्ट पारे | यस्ता महान उदेश्य बोकेर आयोजना हुन लागेको सो कार्यक्रमलाई प्राय सबै स्थानीयवासी, व्यवशायी, संघ संस्थाले सहयोग पुराउने एक्यबद्धता ब्यक्त गरेका छन् |

उक्त कार्यक्रममा नेपाली समाजका अग्रज व्यक्तित्व श्री प्रभात दिक्षित, व्यवशायी तथा नेपाली इन्द्रेणी समाजका निवर्तमान अध्यक्ष श्री नेत्र पाण्डे, डालस फोर्ट वोर्थ भूटानी समाजका अध्यक्ष श्री प्रकाश कोइराला, दिल ढुंगेल आदि व्यक्तित्वहरुले कार्यक्रम सम्बन्धि आफ्नो भनाई राखेका थिए भने कबि बैकुण्ठ राज आचार्यले आफ्ना सुन्दर कविता वचन,  विश्व भूटानी साहित्यिक संघटनका सदश्य श्री पातलो अन्तरे (लिलाधार अधिकारी)ले स्वागत मन्तब्य र विश्व भूटानी साहित्यिक संघटनकै अर्का क्रियाशील सदश्य श्री नेत्र आचार्यले कार्यक्रम संचालन गरेका थिए |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here