दमक नगरको तेस्रो नगरसभा शुरु

0
988

१ अर्व २२ करोड ९६ लाख हाराहारीको को बजेट तथा कार्यक्रम सार्वजनिक

९ असार २०७५
दमक/झापाको क्षेत्र नम्बर ५ अन्तर्गत प्रधानमन्त्रीको गृह नगर दमक नगर पालिकाले आर्थिक नीति तथा विधेयकको मस्यौदा पेश गर्दै १ अर्व २२ करोड ९६ लाख हाराहारीको बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
नगरको तेस्रो नगरसभामा दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि १ अर्व २२करोड ९६ लाख ८९ हजार १ सय १५ रुपयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । सभामा मेयर ओलीले कुल बजेटलाई ५० जनसंख्या, ३५ क्षेत्रफल र १५ प्रतिशत गरिवी न्यूनिकरणमा विनियोजन गरेको बताउनु भयो ।
सभामा उपमेयर गीता अधिकारीले दमक नगरपालिकाको विनीयोजन ऐन २०७५ लाई प्रस्तुत गरी हलबाट पारित गरिएको छ । ऐनले नगरको कुल बजेटलाई नगरको सञ्चित कोषबाट खर्च गर्न सकिने विधेयकको रुपमा मस्यौदा पेश गरिएको छ ।
सभामा उपमेयर अधिकारीले आर्थिक विधेयक २०७५ पारित गर्दै सम्पति कर लगायत, बहाल, व्यवसाय, सवारी, अखेटोपहरा, विज्ञापन, मनोरञ्जन, पशुहाट लगायतका १७ वटा शीर्षकका करलाई मस्यौदाको रुपमा पेश गरिएको छ । यस्तै सभामा असुली विधेयकलाई समेत मस्यौदाको रुपमा पेश गरिएको छ ।
सभामा नगरका विभिन्न वडाका वडा सदस्यहरु शुकदेव लुईंटेल, तिलकबहादुर थापा, सिताराम पोखरेल, लक्ष्मी दाहाल, कृतिका भट्टराई, मिना विश्वकर्मा लगायतले सभामा नउठेका र समेट्नु पर्ने नीति तथा कार्यक्रम सुझावका रुपमा पेश गर्नु भएको छ । नगरका प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले प्रदेश सरकारको बजेटको सुनिश्चिता नभएकोले अघिल्लो आर्थिक बर्ष भार व्यहोर्नु परेको कारण कतिपय योजनाहरुमा आर्थिक बजेट विनियोजन गर्न असमर्थ भएको बताउनु भयो । सभाले आज पेश गरेको विधेयक र बजेट तथा नीति कार्यक्रमलाई आगामी १२ गते संसोधन तथा पारित गर्ने सभामा नगर प्रमुख ओलीले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here