तेस्रो लिङगीबारे कार्यक्रम सहित जिउँदो आकाश नाटक प्रदर्शन हुने

0
2318

३१ बैशाख, २०७५/डिकेश लामा
दमक/ तेस्रो लिङ्गीबारे समाजले गर्ने व्यवहार र चरित्रबारे दमकमा जिउँदो आकाश नामक नाटक प्रदर्शन हुने भएको छ । आठौं अन्तराष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिवलमा सहभागी नेपालमा सर्वाधिक रुचाइएको नाटक दमकमा आगामी शुक्रबारदेखि प्रदर्शन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । नाटकको प्रदर्शनी पछि तेस्रो लिङ्गीहरुको समस्या के गर्दा समाधान होला भन्ने विषयमा अन्तकृया तथा विचार संकलन समेत गरिने बताइएको छ । साइलेन्ट एक्टको प्रस्तुती, चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहेता रोशनको निर्देशनमा प्रर्दशन गरिने नाटक चुलाचुली थिएटरबाट नाट्य यात्रामा निस्किएका कुशल कलाकार अनिल सुव्बाको एकल अभिनय रहेको बताइएको छ । कार्यक्रमका संयोजक अशोक बस्नेतले नाटकमा नेपालका रहेका ५ लाख हाराहारीमा रहेका तेस्रो लिङगी समूदायको विषयमा केन्द्रित रहेको बताउनु भयो । कार्यक्रम चुलाचुली थिएटरको आयोजनामा गरिने र पूर्वी नेपालमा रहेका धेरै तेस्रो लिङ्गीहरु सहित समाजका बौद्धिक व्यक्तित्वले हेर्ने थिएटरका संस्थापक अध्यक्ष चेतन डरले बताउनु भयो ।
१ घण्टा १० मिनेट समयको नाटक शुक्रबार, शनिबार र आइतबार दुई वटा सोमा प्रदर्शनको तयारी गरेको बताइएको छ । तेस्रो लिङ्गीहरुको संख्या धेरै भए पनि हालसम्म २ जना हाराहारीले मात्र नागरिकता लिएको अवस्था रहेको सम्मेलनमा जानकारी दिइएको छ । यस अघि भारतको दिल्लि, गुहाटी, नेपालको काठमाण्डौं, पोखरामा प्रर्दशन गरिएको नाटक दमकमा ५४ पटकको पर्दशनमा पर्ने आयोजक संस्था चुलाचुली थिएटरले जानकारी दिएको छ । दमको गोर्खा डिर्पाटमेन्ट ११ गते देखि १३ गतेसम्म प्रदर्शन गरिने जिउँदो आकाश नाटक हेर्नका लागि टिकट दर २ सय र ५ सयको व्यवस्था मिलाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here