सयौं यूटुयूवरको लाखौं कमाई हुँदैछ तर परिवारको विजोग उस्तै : भाइरल बाल प्रतिभा अशोकको एउटा वास्तविक भिडियो स्टोरी

कलाको सम्मान लागि भए पनि अशोकको परिवारलाई सहयोग गरौं

0
2519

कलाको सम्मान लागि भए पनि अशोकको परिवारलाई सहयोग गरौं

 १५ बैशाख २०७४/ डिकेश लामा
दमक/ पछिल्लो समय यूट्यूवमार्फत ह्वात्तै चर्चामा आएका अशोकले गीतको माध्यमबाट हरेकलाई प्रश्न सोधिरहेका छन् कि, मनले मात्र धन नहुँदो रहेछ र धनले मात्र पनि चोखो मन नपाईदोँ रहेछ । दुनियाँ स्वार्थी छ । अशोकको कला छ, खोसामार गर्दै लानेहरुको भीड बढ्यो । परिवारको अरु सदस्यलाई भने कसैले बास्तै गरेका छैनन् । मन विनाको धन ठूलो कि धन विनाको मन भनेर ११ बर्षीय अशोक दर्जीले गाएको गीत वास्तवमा आफ्नै परिवारको यथार्थता हो ।
अशोकका बुवा पूर्णको नामका न एक टुक्रा जमिन छ न घर नै । ३ छोरी १ छोराका अभिभाकत्व गर्न सँधै अभाव हुने परिवार खर्चको अभावबाट अन्य बालबालिका समेत शिक्षाबाट बन्चित रहेका छन् । दमक वडा नं. २ को खोल्छा छेऊमा सानो छाप्रामा टाउको लुकाएको बर्षौ वित्यो । छोराको चर्चा आएसँगै घरघरमा दमक तथा अन्य क्षेत्रका ठूल्ठूला मानिसहरु आए तर अहिलेसम्म केही भएन ।
भर्खरै काठमाण्डौंबाट गीत गाएर आएका अशोक निक्कै दंग छन् । चन्चले स्वाभावका अशोक अन्तरवार्ता दिँदा दिँदा हैरान भईसके । अव त नयाँ मान्छे आउनसाथ बोल्दिन भनेर भाग्न थालेका छन् । बुबा पूर्ण दर्जी त डराए पनि, आँखा भरी आँश पारे पनि, कतै छोराको हातल त केही हुँदैन भनेर ।

पटक पटक यूट्यूवको ट्रेन्डिङ १ नम्बरमा पर्दै आएका अशोकको भिडियो हेरेर मात्र लाखौं रुपयाँ कमाई गरिरहेको विभिन्न च्यानलका यूट्यूवरहरुले बताउँदै आएका छन् । उता च्यानलमा अशोकको भिडियोबाट मात्र दैनिक कमाई बढिरहेको छ भने यता अशोककै परिवारलाई अरु चिन्ता र पीढा थपिदैं गएको छ । अति विपन्न परिवारको भएको एउटा छोरा पनि कसैले होडबाजीका साथ खोसिरहेका छन् । ३० बर्षीय आमा लतिताको गुनासो ।
लाका धनी अशोकको चर्चाबाट लाखौं कमाईरहेका च्यानल तथा अन्य सहयोगी दाताहरुले अति विपन्न यो परिवारलाई सानो सहयोग मात्र गरे पनि ठूलो योगदान हुने थियो कि ? कला क्षेत्रका बुद्धिजीविहरुस हयोगका लागि सवैले पहल र प्रयास गरे कलाको सम्मान हुने विश्वास गर्छन् ।

हेर्नुहोस् मन छुने भिडियो स्टोरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here